PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

​अर्घाखाँचीमा संसारकै सानो अन्डा! गिनिज बुकमा लेखाउने प्रयास



रासस

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्कमा कुखुराले सन्सारकै सबैभन्दा सानो अन्डा पारेको छ। सानो अन्डा पारेपछि गिनिज बुकमा लेखाउने प्रयास थालिएको छ। 

सन्धिखर्कका कृषक हरिप्रसाद अधिकारीले गिनिज बुक अफ वल्र्ड रेकर्डमा उल्लेख गरेकोभन्दा सानो अन्डा आफ्नो कुखुराले पारेको दाबी गरेका छन्। उनले गिनिज बुकमा रेकर्ड राख्ने प्रक्रिया सुरु गरिसकेको पनि बताए।  

गिनिज बुक अफ वल्र्ड रेकर्डमा अहिलेसम्म अन्डाको नाप २.१ सेन्टिमिटर रहेको छ। सन्धिखर्कस्थित शान्ति बगैँचाका हरिले आफ्नो कुखुराले उक्त नापभन्दा सानो अन्डा पारेको बताए।

उनको कुखुराले पारेको अन्डाको नाप १.८५ सेन्टिमिटर रहेको छ। हरिले जिल्ला पशुसेवा कार्यालय अर्घाखाँचीमार्फत गिनिज बुकमा रेकर्डका लागि पहल थालेको बताए।  

लाइभस्टक गुण व्यवस्थापन प्रयोगशाला हरिहरभवनलाई प्रमाणीकरण र गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा दर्ताका लागि पहल गर्न पत्र पठाइसकिएको जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा रामनारायण मण्डलले बताए।  

विश्वमा अहिलेसम्म कुखुराको सबैभन्दा सानो अन्डा भर्जिनियाका कृषक जोन स्पेन्सर रुसेलको नाममा छ। ९ अगस्ट सन् २०११ मा मापन गरिएको उक्त अन्डाको नाप ०.८२६८ इन्च अर्थात् २.१ सेन्टिमिटर रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell