कलैया : प्रहरीले उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न रहेको आरोपमा नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य वीरेन्द्र यादवलाई मङ्गलबार पक्राउ गरेको छ ।
वीरगन्जका उद्योगी केडियाको यही जेठ १३ गते वरियारपुरबाट वीरगन्ज आउने क्रममा पसाहा पुल नजिकैबाट अज्ञात समूहले अपहरण गरेको थियो। अपहरणकारीलाई सहयोग गरेको भन्दै महागढीमाई नगरपालिका–२ धनसीवा गाउँबाट उनलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक नरेन्द्र उप्रेतीले बताए।
अपरहणमा संलग्न रहेको आरोपमा प्रहरीले अन्य तीन जनालाई पक्राउ गरिसकेको छ । अपहृत उद्योगी केडियालाई भारतीय प्रहरीको सहयोगमा भारतबाट अपरहणमुक्त गराइएको थियो । रासस