धुन्चे (रसुवा) : रसुवामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकउपरको कारबाही तीव्र पारिएको छ।
यातयात व्यवस्था विभागको अनुमति बेगर आएका र स्थानीयस्तरमा ट्राफिक नियम उल्लङ्घन गर्ने ४ हजार १ सय सवारी चालकलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी रसुवाले जनाएको छ।
पासाङल्हामु मार्गमा चल्ने सवारी साधनबाट चालु आर्थिक वर्षको साउनदेखि हालसम्म जरिवानाबापत १८ लाख २१ हजार ५ सय रुपैयाँ राज्यकोषमा दाखिला भइसकेको बताइएको छ।
कारबाही पर्नेमा ट्रक, बस, जिप, कार, कन्टेनरलगायत रहेका र उनीहरुलाई ट्राफिक नियमको चेतना अभिवृद्धि गराउने कार्यलाई पनि अगाडि बढाइएको ट्राफिक प्रहरीले बताएको छ।