PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

​पंखा जोड्दा करेन्ट लागेर वृद्धको मृत्यु



रासस

लहान : सिरहाको लहानमा गएराति करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ। 

मृत्यु हुनेमा लहान नगरपालिका २१ निवासी ६२ वर्षीय रामकाशी साह रहेको प्रहरीले जनाएको छ। 

आफ्नै घरमा पङ्खा जोड्ने क्रममा करेन्ट लागेर साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ। 

मृतकको शव परीक्षणका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell