PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध, यात्रु प्रभावित

    मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध, यात्रु प्रभावित

    रत्ननगर (चितवन) : चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ–६ स्थित सडकमा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको छ।    उक्त सडकको चार किलो र पाँच किलोको बीचमा राति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। अहिले दुईतर्फबाट दुई वटा डोजरको सहायतामा पहिरो पन्छाउने क्रम जारी रहेको छ।    सडक बन्द हुँदा बीच बाटोमै गाडीको…

    विस्तृतमा पढ्नुस्

  • ​६५ जना महिला र बालबालिका सम्पर्कविहीन

    पाँचथर : जिल्ला प्रहरी कार्यालय पाँचथरले चालु आर्थिक वर्षमा ६५ जना महिला तथा बालबालिका सम्पर्कविहीन भएको जनाएको छ।   तीमध्ये २९ महिला, चार बालिका र एक बालक गरी ३४ जना फेला परेको प्रहरीको तथ्याङ्कमा छ। बाँकी ३० जना अझै सम्पर्कमा आउन सकेका छैनन्।   विवाहपछि श्रीमान रोजगारीका लागि विदेसिनु, शिक्षामा कमी, बालबालिकाले आफन्तको संरक्षण नपाउनुजस्ता कारणले उनीहरु सम्पर्कविहीन भएको जिल्ला…

    विस्तृतमा पढ्नुस्

  • १३ घन्टापछि खुल्यो काठमाडौं जोड्ने लाइफलाइन मुग्लिन-नारायणगढ सडक

    रत्ननगर : चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ गाविस–६ स्थित सडकमा खसेको ठूलो पहिरो हटाइएपछि अहिले १०:३० बजेबाट यातायात सञ्चालनमा आएको छ।   तेह्र घन्टापछि सडकको पहिरो पन्छाएर बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।  उक्त सडकको चार किलो र पाँच किलोको बीचमा गएराति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको थियो।   दुई वटा डोजरले पहिरो पन्छाएर बाटो खुलाएको…

    विस्तृतमा पढ्नुस्

  • ​सासू-बुहारीको झगडापछि सासूको मृत्यु

    लहान : सिरहाको कल्याणपुर–२ बंठीयामा गएराति सासू र बुहारीबीच झगडा हुँदा सासूको मृत्यु भएको छ।   मृत्यु हुनेमा कल्याणपुर–२ बंठीया निवासी समुन्द्री देवी दनुवार रहेको प्रहरीले जनाएको छ।   स्थानीय ४० वर्षीया राजुदेवी दनुवार र उनकी ६५ वर्षीया सासू समुन्द्रीदेवीबीच घरायसी विषयमा झगडा भएको थियो। त्यसपपछि नै उनको मृत्यु भएको स्थानीयवासीलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक…

    विस्तृतमा पढ्नुस्

  • तेत्तीस दलीय राष्ट्रिय मोर्चासँग प्रम ओलीको वार्ता सफल

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतान्त्रिक विधि र प्रक्रियाबाट संविधान जारी भए जस्तै यही विधिबाट जारी संविधानको कार्यान्वयनमा लाग्न आह्वान गरेका छन्।   उनले भने – “संविधानभित्रै सबै चिजहरु छन्। यसलाई कार्यान्वयन गर्न सकिएमा सबै असन्तुष्टि सम्बोधन हुन्छन्। यसैले म संविधान कार्यान्वयनमा लाग्न सबै पक्षलाई आग्रह गर्दछु।”   तेत्तीस दलीय राष्ट्रिय मोर्चा नेपालद्वारा सरकारसमक्ष प्रस्तुत पाँचबुँदे मागका विषयमा आज…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँ उपत्यकाभित्रका १४ नदीको दायाँबायाँ छाड्नु पर्ने दूरी कति?

    काठमाडौँ : काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकाका १४ नदीको बहाब क्षेत्रको दायाँबायाँ छाड्नुपर्ने जग्गाको दूरी सार्वजनिक गरेको छ।  वाग्मती, विष्णुमती, हनुमन्ते र मनोहरामा दायाँबायाँ २० मि, धोबीखोलामा धोबीखोला आयोजना लागू भएको क्षेत्रमा आयोजनाले तोकेअनुसार र अन्यत्र नौ मि दूरी कायम गरिएको प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेले राससलाई जानकारी दिए। “नख्खुखोलामा १२ मिटर, बल्खु, कर्मनासा(कोड्कु), साङ्ले र महादेव खोलामा १० मिटर, शोभाभगवतीस्थित…

    विस्तृतमा पढ्नुस्

  • ​संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कुलबहादुर गुरुङ

    ​संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कुलबहादुर गुरुङ

    काठमाडौँ :  व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा नेपाली कांग्रेसका नेता कुलबहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन्।   उनलाई सभापतिमा निर्वाचित गरियोस् भनी नेकपा एमालेका गणेशमान गुरुङले प्रस्ताव गरेका थिए भने कांग्रेसका चिनकाजी श्रेष्ठको समर्थन थियो।   सभामुख ओनसरी घर्ती मगरले आजै समितिका नवनिर्वाचित सभापति गुरुङलाई शपथ गराउने कार्यक्रम छ।

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर दुई जनाको मृत्यु

    कपिलवस्तु : छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ। बिहान खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा कपिलवस्तुको विद्यानगर गाविस– ७ बकौलीका ५५ वर्षीय गस मोहम्मद मुसलमानको मृत्यु भएको हो।  शरीर जलेर घाइते भएका उनलाई उपचारका लागि कृष्णनगर लैजाँदै गर्दा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।   चट्याङकै कारण जिल्लाको रामनगर गाविस– ७ मोतीपुरमा एउटा भैँसी…

    विस्तृतमा पढ्नुस्

  • १८ किलो चरेससहित तीन युवक पक्राउ, भारतीय र नेपाली रुपैयाँसमेत बरामद

    इलाम : इलामको पशुपतिनगर–४ फाटकबाट प्रहरीले १८ किलो चरेससहित तीन जना युवकलाई आज बिहान पक्राउ गरेको छ।   डब्लुबी ७६-७४६६ नम्बरका भारतीय टाटासुमो गाडीबाट १८ किलो लागुऔषध चरेससहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी निरीक्षक रूद्र चुडालले जानकारी दिए।   पक्राउ पर्नेमा धादिङ सेर्तुङ–२ का ३५ वर्षीय बुद्धिलाल तामाङ, रूपन्देही गजेडी–७ का होमबहादुर पुन र टाटा सुमो…

    विस्तृतमा पढ्नुस्

  • मदिरा सेवनबाट तीनको मृत्यु, दुई सिकिस्त

    गौशाला : अत्यधिक मदिरा सेवनबाट आज बिहान महोत्तरीमा तीन जनाको मृत्यु भएको छ।   मृत्यु हुनेमा जिल्लाको सहसौला गाविस–६ बस्ने ७० वर्षीय रामवृक्ष मल्लिक, उनका छोरा ४० वर्षीय प्रकाश मल्लिक र गौशाला नगरपालिका–७ का पञ्च मल्लिक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।   गएराति १० बजेसम्म सहसौला चोकस्थित विनोद महराको पसलमा मदिरा पिएर घर गएका उनीहरुको आज बिहान २…

    विस्तृतमा पढ्नुस्

  • चट्याङ लागेर दुई जनाको मृत्यु

    हेटौँडा :  हेटौँडा उपमहानगरपालिका- २७ मा हुरी बताससँगै परेको चट्याङले दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा सोही वडा बस्ने ४६ वर्षीया तारा रुम्बा र २५ वर्षीय कुमार बल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।   शनिबार साँझको चट्याङमा परी स्थानीय पाँच जना सामान्य घाइते भएका छन्। उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले…

    विस्तृतमा पढ्नुस्

  • विवादित समस्या समाधानका लागि नेविसंघले बनायो सात सदस्यीय कार्यदल

    विवादित समस्या समाधानका लागि नेविसंघले बनायो सात सदस्यीय कार्यदल

    काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले ११ औँ महाधिवेशनमा पर्ने विवादित समस्या समाधान गर्न सात सदस्यीय कार्यसमिति गठन गरेको छ।   नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले आज विज्ञप्ति जारी गरी लीलाबल्लभ दाहालको नेतृत्वमा नयाँ कार्यदल गठन गरेको जनाएका हुन्। कार्यदलका सदस्यमा सुरेन्द्र राई, अशोक बस्ताकोटी, विष्णु जोशी, प्रकाश महर्जन, जित शेरचन र सन्तोष कट्टेल रहेका छन्।   उक्त कार्यदलले विवादित विषयवस्तुलाई…

    विस्तृतमा पढ्नुस्

  • एनसेल टावरमा आगजनी गर्ने विप्लव माओवादी कार्यकर्ता पक्राउ

    चितवन : प्रहरीले एनसेल टावरमा आगजनी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा दिङ्ला गाविस–९ खोटाङ घर भई भरतपुरमा बसोबास गर्दै आएका ३४ वर्षीय पुरन राई रहेका छन्।   भरतपुर उपमहानगरपालिका–६ स्थित धर्मचोकमा गत जेठ ३० गते राति एनसेल टावरमा आगजनी गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो।   जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार उनलाई आगजनीअन्तर्गत…

    विस्तृतमा पढ्नुस्

  • ५ सय २९ अभियुक्त, कैद- एक हजार वर्ष

    इलाम :  जिल्ला अदालतबाट विभिन्न समयमा दोषी ठहर्‍याइएका ५ सय २९ अभियुक्त अझै पनि फरार सूचीमा छन्। अदालतले फरार अभियुक्तबाट रु १ करोड ४३ लाख ५८ हजार ५ सय जरिवाना र १ हजार ८४६ वर्ष कैद सजाय असुल गर्न बाँकी रहेको जनाएको छ। अदालतको तथ्यांकअनुसार विसं २००१ देखि २०१० सम्म ३, विसं २०११ देखि २०२० सम्मका २४, २०२१ देखि २०३०…

    विस्तृतमा पढ्नुस्

  • मनसुन भित्रियो, देशभर केही दिन पानी पर्ने

    मनसुन भित्रियो, देशभर केही दिन पानी पर्ने

    सिबी अधिकारी - काठमाडौँ :असार १ गतेबाट सुरु भएको मनसुनी वायुको प्रभावले देशभर बदलीसँगै मध्य र पूर्वका अधिकांश स्थानमा वर्षात् भएको मौसमविद् वरुण पौडेलले जानकारी दिए।  नेपालमा सामान्यतः जुन १० बाट मनसुन सुरु हुने भए पनि यो पटक झन्डै साता दिन ढिलो गरी मनसुन सुरु भएको छ ।  बङ्गालको खाडीबाट नेपालको पूर्वी भाग हुँदै भित्रिएको मनसुन अहिले मध्यभागमा आइपुगेको र…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्री ओली र विपक्षी नेता देउवाबीच भेट, के भयो कुराकानी ?

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावलीको विवादबारे आज भेटवार्ता भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा आइतबार व्यवस्थापिका–संसदमा सो नियमावलीमाथि हुने छलफलमा सहमतिका लागि सकारात्मक रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए।  उाका अनुसार प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाबीच नियमावली सहमतिका आधारमा पारित गराउनेबारेमा कुराकानी भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोरिया जानका लागि भाषा परीक्षाको पहिलो दिन ३१ नक्कली परिक्षार्थी पक्राउ

    काठमाडौँ : रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा सहभागी हुन आएका ३१ नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ।  काठमाडौँबाट २३ र ललितपुरको केन्द्रबाट आठ गरी ३१ जना अर्काको नाममा परीक्षा दिन आएका नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बाँस्तोलाले जानकारी दिए।  पक्राउ परेकाहरुलाई हिरासतमा राखी कानुनबमोजिम कारबाही अगाडि बढाइएको उनले बताए।  यस वर्ष ५२ हजार…

    विस्तृतमा पढ्नुस्

  • देउवाविरुद्ध गम्भीर मानव अधिकार उल्लंघनको उजुरी

    देउवाविरुद्ध गम्भीर मानव अधिकार उल्लंघनको उजुरी

    पाँचथर : सत्य निरुपण तथा मेलमिलाप आयोगमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध गम्भीर मानव अधिकार उल्लङ्घनमा उजुरी परेको छ।   पाँचथरको आङसराङ–१ मा तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी) का निःशस्त्र नेता तथा कार्यकर्ताले सेल्टर लिएको घरमा घेरा हालेर हत्या गर्न लगाएको आरोप उजुरीमा छ । देउवा प्रधानमन्त्री भएकै बेला युद्धविराम भएर शान्तिवार्ता चलिरहेको अवस्थामा शाही सेना पठाई सो घटना गराएको उजुरीकर्ताको…

    विस्तृतमा पढ्नुस्

  • हप्तादिन कुर्नु नपर्ने, ​अब तीन दिनमै पाइनेछ राहदानी

    हप्तादिन कुर्नु नपर्ने, ​अब तीन दिनमै पाइनेछ राहदानी

    काठमाडौँ : राहदानी विभागले १० हजार रुपैयाँ तिरेर एक हप्तामा पाइने राहदानीलाई अब तीन दिनमै प्रदान गर्ने भएको छ।   घन्टौँ लाममा बसेर एक हप्तामा राहदानी लिने व्यवस्था भए पनि असार १५ गतेदेखि तीन दिनभित्रै राहदानी पाउने व्यवस्था मिलाइएको विभागका महानिर्देशक लोकबहादुर थापाले जानकारी दिए।   ‘अहिलेसम्म रु १० हजार तिरेर एक हप्तामा पाउने राहदानी अब सोही शुल्कमा नै तीन…

    विस्तृतमा पढ्नुस्

  • विदेश भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति जिनपिङ

    विदेश भ्रमणमा निस्किए चिनियाँ राष्ट्रपति जिनपिङ

    बेइजिङ : चिनियाँ राष्ट्रपति सि जिनपिङ विदेश भ्रमणका लागि शुक्रबार प्रस्थान गरेका छन्।  उनी सर्विया, पोल्याण्ड र उज्बेकिस्तानको भ्रमणका लागि शुक्रबार त्यसतर्फ लागेका हुन्। तास्कन्दमा हुने साङ्घाई कोअपरेशन अर्गनाइजेसनको सम्मेलनमा उनी सहभागी हुनेछन्। सम्मेलनमा विभिन्न देशका राष्ट्र प्रमुखको सहभागिता रहने छ ।  राष्ट्रपति सिलाई सर्वियाका राष्ट्रपति तुमिस्लाभ निकोलिक, पोलिस राष्ट्रपति अन्द्रादेज दुदा र उज्बेकिस्तानका राष्ट्रपति इस्लाम करिमोभले आमन्त्रण गरेका हुन्। रासस…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell