PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

चट्याङ लागेर दुई जनाको मृत्यु



रासस

कपिलवस्तु : छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको ज्यान गएको छ।
बिहान खेतमा काम गरिरहेका बेला चट्याङ लाग्दा कपिलवस्तुको विद्यानगर गाविस– ७ बकौलीका ५५ वर्षीय गस मोहम्मद मुसलमानको मृत्यु भएको हो।  शरीर जलेर घाइते भएका उनलाई उपचारका लागि कृष्णनगर लैजाँदै गर्दा बाटामै मृत्यु भएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ।
 
चट्याङकै कारण जिल्लाको रामनगर गाविस– ७ मोतीपुरमा एउटा भैँसी जलेर मरेको छ। स्थानीयवासी अवतारी यादवको करिब ५० हजार रुपैयाँ पर्ने भैँसी मरेको प्रहरीले जनाएको छ।

उता खेतमा हलो जोतिरहेका बेला चट्याङ लागेर झापा, लखनपुर– ८ का ३७ वर्षीय बनिलाल ऋषिदेवको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell