PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

विवादित समस्या समाधानका लागि नेविसंघले बनायो सात सदस्यीय कार्यदल



रासस

विवादित समस्या समाधानका लागि नेविसंघले बनायो सात सदस्यीय कार्यदल

काठमाडौँ : नेपाल विद्यार्थी सङ्घले ११ औँ महाधिवेशनमा पर्ने विवादित समस्या समाधान गर्न सात सदस्यीय कार्यसमिति गठन गरेको छ।
 
नेविसङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्णले आज विज्ञप्ति जारी गरी लीलाबल्लभ दाहालको नेतृत्वमा नयाँ कार्यदल गठन गरेको जनाएका हुन्। कार्यदलका सदस्यमा सुरेन्द्र राई, अशोक बस्ताकोटी, विष्णु जोशी, प्रकाश महर्जन, जित शेरचन र सन्तोष कट्टेल रहेका छन्।
 
उक्त कार्यदलले विवादित विषयवस्तुलाई सहमतिका आधारमा समाधान गरी एक महिनाभित्र केन्द्रीय समितिलाई प्रतिवेदन पेस गर्न आग्रह गरेको छ। सङ्घीय संरचनमा रुकुम र नवलपरासीलाई दुई प्रदेशमा विभाजन गरिएकोले सीमाङ्कनका आधारमा महाधिवेशन प्रतिनिधिको नामावली तयार गरी केन्द्रीय समितिमा प्रतिवेदन पेस गर्का लागि जिल्लामा दुई/दुई जनालाई खटाइएको पनि विज्ञप्तिमा उल्लेख छ।
 
नवलपरासीका लागि अशोक बस्ताकोटी र गोकुल सापकोटाका साथै रुकुमका लागि वीरेन्द्रकुमार सल्यानी र युवराज खड्का रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell