PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

१३ घन्टापछि खुल्यो काठमाडौं जोड्ने लाइफलाइन मुग्लिन-नारायणगढ सडक



रासस

रत्ननगर : चितवनको नारायणगढ–मुग्लिन सडकअन्तर्गत चन्डिभञ्याङ गाविस–६ स्थित सडकमा खसेको ठूलो पहिरो हटाइएपछि अहिले १०:३० बजेबाट यातायात सञ्चालनमा आएको छ।
 
तेह्र घन्टापछि सडकको पहिरो पन्छाएर बाटो खुलाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।  उक्त सडकको चार किलो र पाँच किलोको बीचमा गएराति ९ बजे खसेको पहिरोका कारण सडक बन्द भएको थियो।
 
दुई वटा डोजरले पहिरो पन्छाएर बाटो खुलाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दियो।
 
बाटो खुलेसँगै नारायणगढबाट काठमाडौँ तथा पोखरा आवतजावत गर्ने सवारीहरु गन्तव्यतर्फ जान थालेका छन्।
 
बाटो खुलाइए पनि गाडीको लामो लाइन भएकाले सहज हुन केही घन्टा लाग्ने जनाइएको छ। सडक बन्द भएपछि मुग्लिन र चितवनको आँपटारी क्षेत्रमै गाडी रोकिएका थिए।  रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell