PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • ​थाइल्यान्डमा दूतावासका लागि नेपालले किन्यो ४ रोपनी जग्गा र भवन

    काठमाडौँ : सरकारले थाइल्यान्डको राजधानी बैंककमा रु ४५ करोडमा चार रोपनी जग्गा र त्यसले चर्चेको भवन खरिद गरेको छ।   उक्त जग्गा र त्यसमा रहेको भवन आजैदेखि नेपाली दूतावासको नाममा स्वामित्व हस्तान्तरण भएको छ।   स्थापनाकालदेखि भाडामा रहेको उक्त दूतावास अब आफ्नै भवनमा रहने र त्यसबाट मुलुकको आर्थिक भार घट्नेछ। रासस

    विस्तृतमा पढ्नुस्

  • ३० मिनेटमा भूकम्पका तीन धक्का

    बैतडी : सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आधा घण्टाको अन्तरालमा आज तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ।   भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार पहिलो धक्का दिउँसो २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको र ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। तीनवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम…

    विस्तृतमा पढ्नुस्

  • ११ हजार ८ सय ४० घरधनीको खातामा पहिलो किस्ताको रकम

    काठमाडौँ : भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि अनुदान सम्झौता भएकामध्ये ११ हजार ८ सय ४० घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान रकम जम्मा गरिएको छ।   राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ११ जिल्लाका एक लाख ८० हजार ४१३ घरधनीसँग अनुदान सम्झौता गरेकामा निकै कमको खातामा पुनःनिर्माणका लागि रकम जम्मा गरिएको हो। प्राधिकरणले रामेछापमा ४० हजार ५५३ घरधनीसँग सम्झौता गरेको छ। रामेछापमा…

    विस्तृतमा पढ्नुस्

  • ​भूकम्पले घर लग्यो, पहिरोले दुई छोरा

    त्रिशूली (नुवाकोट) : नुवाकोटको बुङताङमा आज बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ।   बुङताङ–४ डोटाटोलका मेघबहादुर तामाङको घर बिहान ८ बजेतिर पहिरोले पुरेको थियो। सोही घटनामा उनका छोराहरु १३ वर्षीय छोरा आइतराम र ६ वर्षीय आशिषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। पहिरोमा परी तामाङका ९ वर्षीया छोरी विमला सामान्य घाइते भएकी छन्। पहिरोमा एउटा…

    विस्तृतमा पढ्नुस्

  • ​विदेशमा जानेमध्ये ७४ प्रतिशत कामदार अदक्ष, लहैलहैमा जाँदा जोखिम बढ्दो

    जनकपुरधाम : वैदेशिक रोजगारमा बर्सेनि अदक्ष श्रमिक जाने क्रम बढ्दै गएकाले ठगिने र दु:ख पाउनेहरुको संख्यामा वृद्धि भएको छ।   सामुदायिक विकासका लागि सहकार्य नेपाल र नवयुवा सरस्वती क्लबले गरेको ‘सुरक्षित आप्रवासन’ विषय कार्यक्रमका सहभागीले वैदेशिक रोजगारको जोखिमबारे औंल्याउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। एक तथ्याङ्क अनुसार नेपालबाट वैदेशिक रोजगारमा जानेमध्ये ७४ प्रतिशत अदक्ष श्रमिक रहेका छन् । कार्यक्रमका सहभागीले…

    विस्तृतमा पढ्नुस्

  • ​सुरक्षा परिषदद्वारा निन्दा

    ​सुरक्षा परिषदद्वारा निन्दा

    संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले लेबनानमा हालै भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ।   उक्त परिषदको सोमबार बसेको बैठकले लेबनानमा सोमबार भएको आतङ्कवादी हमलाको निन्दा गर्दै त्यसमा सम्लग्नलाई कानुनी कारबाहीका लागि आग्रह पनि गरेको छ।   लेबनानको उत्तरपूर्वी नगर क्वामा सोमबार बिहानै सो हमला भएको थियो। सिरियाली सीमा क्षेत्रमा पर्ने उक्त नगरमा भएको हमलामा परी पाँच…

    विस्तृतमा पढ्नुस्

  • ​संसदको बैठक ५ बजेका लागि सर्‍यो

    काठमाडौँ : व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ।   आज अपरान्ह १५:३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको हो। व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठक सारिएको जानकारी दिए।   भूकम्प पीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै आएको छ।   विगत चार दिनदेखि अवरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • राम्चेको पहिरोले रोक्यो चीन जोड्ने प्रमुख व्यापारिक मार्ग

    धुन्चे : गए रातिको वर्षासँग आएको पहिराले जिल्लाको पासाङल्हामु राजमार्गका दुई स्थानमा पहिरो गएको छ।   जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार राम्चे गाविस–१ मूलखर्क र टिमुरे गाविस–१ रसुवागढी नजिक पहिरो जाँदा नेपाल–चीन केरुङको व्यापारिक मार्ग बन्द भएको छ। नेपालको उत्तरी नाका अवरुद्ध हुँदा मालबाहक सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन्। पहिरो क्षेत्रका आसपासमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • मदन भण्डारीलाई प्रधानमन्त्री ओलीले सम्झिए- 'अग्रगामी विकासका नायक'

    मदन भण्डारीलाई प्रधानमन्त्री ओलीले सम्झिए- 'अग्रगामी विकासका नायक'

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताएका छन्।   मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताए।   'मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो,' उनले भने, 'देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हुनुहुन्थ्यो।'   शिक्षा…

    विस्तृतमा पढ्नुस्

  • पहिलो किस्ता डेढ लाख, दोस्रोमा ५० हजार दिने गरी सत्तापक्ष-प्रतिपक्ष सहमति नजिक

    काठमाडौँ : भूकम्पपीडितलाई दिने सहायता रकमको विषयमा प्रमुख दलका शीर्ष नेताहरुबीच आज भएको छलफल सहमति नजिक पुगेको छ।  आजको बैठकमा प्रमुख प्रतिपक्षी दलले यसअघि राख्दै आएको एकमुष्ट रु दुई लाख दिनुपर्ने मागमा केही लचकता अपनाउँदै पहिलो किस्तामा रु डेढ लाख र दोस्रो किस्तामा रु ५० हजार दिएर दुई किस्तामा भूकम्पपीडितलाई राहत रकम दिनुपर्ने प्रस्ताव राखेको वार्ता कार्यदलका सदस्य एवम् राप्रपा…

    विस्तृतमा पढ्नुस्

  • ​पहिरो खस्दा आज बिहानैदेखि सडक अवरुद्ध

    रत्ननगर :चितवनको अति व्यस्त हुने मुग्लिन नारायणगढ सडकमा पहिरोका कारण यात्रुले दैनिक सास्ती भोग्दै आएका छन्।   आज बिहानै ५ बजे खसेको पहिरोका कारण नारायणगढ मुग्लिन सडक पुनः अवरुद्ध भएको छ।   उक्त सडकको ९ किलो, ४ किलो भन्ने स्थान र सेतीदोभानमा पहिरो खसेर बिहानैदेखि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।   प्रहरीका अनुसार अहिले डोजर र…

    विस्तृतमा पढ्नुस्

  • सामाखुसीको पसलमा १० रुपैयाँमा सर्ट, ४० रुपैयाँमा जिन्स प्यान्ट

    सामाखुसीको पसलमा १० रुपैयाँमा सर्ट, ४० रुपैयाँमा जिन्स प्यान्ट

    काठमाडौँ : तपाईंलाई सुन्दा अचम्म लाग्ला, तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा एउटा सर्ट रु १० मा नै पाउन सकिन्छ । समाजमा केही गरौँ भन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर फर्केका पर्यटन व्यवसायी चीजमान गुरुङको अवधारणाअनुरुप पुराना सामान पुनः प्रयोग एवम् प्रशोधन गरी उक्त मूल्यमा बेच्ने गरिएको हो ।  सुखावती प्रतिष्ठानमार्फत सामाखुसीको टाउनप्लानिङमा पुराना कपडालाई पुनः प्रयोग गर्ने उद्देश्यका…

    विस्तृतमा पढ्नुस्

  • बेलायतको इयुबाट बहिर्गमन : के के हुनेछ असर ?

    बेलायतको इयुबाट बहिर्गमन : के के हुनेछ असर ?

    जुन २३ को जनमत संग्रहले बेलायतलाई युरोपेली संघ छोड्ने जनादेश दिएपछि यतिखेर विश्वको विकसित राजनीतिमा नयाँ झड्का दिएको छ । यसले बेलायत र युरोपेली संघको सम्बन्धलाई पुनः परिभाषित गरिदिएको मात्र नभई यो बहिर्गमनको बहाबले छ्याप्ने बाछिटाहरुको असरको बहस सुरु भएको छ ।  बेलायतको अकस्मातको र अकल्पनीय यस निर्णयले दोस्रो विश्वयुद्धपछि विकसित क्षेत्रीयताको विकास र त्यस अवधारणाको गर्भबाट जन्म लिएको एक…

    विस्तृतमा पढ्नुस्

  • सोलुमा बाक्लो हुस्सु र पानी, विमानस्थल अवरुद्ध हुँदा रोकिए दुई सय पर्यटक

    सोलुमा बाक्लो हुस्सु र पानी, विमानस्थल अवरुद्ध हुँदा रोकिए दुई सय पर्यटक

    सोलुखुम्बु : लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा दुई सयभन्दा बढी पर्यटक रोकिएका छन्।   सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडौं फर्कन लागेका ती पर्यटक मौसमका कारण अलपत्र परेका हुन्। बाक्लो हुस्सुका कारण विमान उडान अवरुद्ध बन्न पुगेको छ।  लुक्लाका पर्यटन व्यवसायी आङनुर्बु शेर्पाका अनुसार कतिपय पर्यटक आफ्नो देश फर्कने हवाइजहाजको टिकट बुकिङ…

    विस्तृतमा पढ्नुस्

  • ​पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान, घरधनीले १२ लाख भाडा बुझ्दै

    ​पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान, घरधनीले १२ लाख भाडा बुझ्दै

    काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादवको आवासका लागि सरकारले उपलब्ध गराएको ललितपुरको भैसेपाटीस्थित घरभाडा विवाद अन्त्य भएको छ।  धरधनी हरिभक्त विष्टले राष्ट्रपति कार्यालय शीतलनिवासबाट २०७२ कात्तिकदेखि २०७३ असार महिनासम्मको घरभाडा बुझ्न लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।  उक्त कार्यालयका सहायक प्रवक्ता ध्रुवप्रसाद अचार्यका अनुसार घरभाडाका लागि कर कट्टीबाहेक रु १२ लाख ३९ हजार ४०० को चेक तयार भइसकेको तर सम्झौताको प्रक्रियागत…

    विस्तृतमा पढ्नुस्

  • बालिका बलात्कारको अभियोगमा हनुमान मन्दिरका ७२ वर्षीय पुजारी पक्राउ

    पर्सा : नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय पुजारीलाई पक्राउ गरी सार्वजनिक गरेको छ।  पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको जनाएको छ।  मन्दिरमा भात पकाउने काम गर्दै आएकी नाबालिकालाई विभिन्न प्रलोभनमा पारी पुजारीले बलात्कार गरेको र उनका अभिभावकले दिएको उजुरीका आधारमा…

    विस्तृतमा पढ्नुस्

  • ​मधेसी मोर्चा गठबन्धनबिनै वार्तामा जाने

    काठमाडौँ : पछिल्लो समय सरकारले लचकताका साथ वार्तामा प्रस्तुत हुने जनाउदिँदै लिखितरुपमै पत्राचार गरेपछि आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धन सकारात्मक देखिएको छ ।  गठबन्धनभित्रका अधिकांश दलले औपचारिक धारणा नबनाए पनि वार्ताप्रति सरकारले देखाएको सक्रियतालाई गम्भीरतापूर्वक लिँदै ती दलले विभिन्न समयमा सकारात्मक धारणा प्रस्तुत गर्दै आइरहेका छन् ।  सरकारसँगको वार्तामा कसरी प्रस्तुत हुने भन्ने विषयमा गठबन्धनभित्र अझै औपचारिक छलफल…

    विस्तृतमा पढ्नुस्

  • ​बागमती सफाइका क्रममा भेटियो युवाको शव

    ​बागमती सफाइका क्रममा भेटियो युवाको शव

    काठमाडौँ : बागमती सफाइका क्रममा आज एक अपरिचित युवाको शव सडेगलेको अवस्थामा फेला परेको छ।   सफाइको १६३ औँ हप्तामा आज थापाथली-कुपण्डोल आसपासको बागमती नदी सफाइ गर्ने क्रममा कुपण्डोलतिरको भागमा शव फेला परेको हो। गन्हाउने भइसकेको सो शव बोरामा बन्द गरिएको अवस्थामा भेटिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिए।   नदीमा भेटिएको शव…

    विस्तृतमा पढ्नुस्

  • ​पूर्वराष्ट्रपति यादवले भने- 'संविधान कार्यान्वयनमा हिमाल, पहाड, तराईलाई समेटौं'

    ​पूर्वराष्ट्रपति यादवले भने- 'संविधान कार्यान्वयनमा हिमाल, पहाड, तराईलाई समेटौं'

    काठमाडौँ : पूर्व राष्ट्रपति डा. रामवरण यादवले संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्नेमा जोड दिएका छन्।   तारकेश्वरन्युज डटकमले आज आयोजना गरेको तारकेश्वर नगरपालिकामा रहेका कार्यक्रममा बोल्दै पूर्व राष्ट्रपति डा. यादवले नेपाली जनताको ठूलो त्याग र तपस्याबाट संविधान निर्माण भएकाले कार्यान्वयनका लागि प्रमुख दलबीच एकता आवश्यक रहेको बताए। 'सबैलाई समेट्ने खालको संविधान ल्याउन सफल भएका छौँ, यो जनताको ठूलो बलिदानबाट…

    विस्तृतमा पढ्नुस्

  • लगातारको वर्षाले जनकपुर जलमग्न, आवागमन प्रभावित

    जनकपुरधाम : शुक्रबार बिहानदेखिको भीषण वर्षाले जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ। लगातारको वर्षापछि पानीको उचित निकास नहुँदा जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएका छन्।   वर्षाले जनकपुरका भानुचोक, कदमचोक, मिल्स एरिया, विद्यापति चोक र विश्वकर्मा चोक सडक जलाशयमा परिणत भएका छन्। नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ।   यातायात कार्यालय, रासस, वनलगायतका कार्यालयको परिसरमा पानी जमेको छ भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell