PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​संसदको बैठक ५ बजेका लागि सर्‍यो



रासस

काठमाडौँ : व्यवस्थापिका–संसद्को बैठक साँझ ५ बजेका लागि सारिएको छ।
 
आज अपरान्ह १५:३० बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सारिएको हो। व्यवस्थापिका–संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले बैठक सारिएको जानकारी दिए।
 
भूकम्प पीडितलाई एकमुष्ट राहत नदिई सदनको कारबाही अगाडि बढ्न नसक्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सदनको कारबाही अवरुद्ध पार्दै आएको छ।
 
विगत चार दिनदेखि अवरुद्ध हुँदै आएको सदनको कारबाही खुलाउने विषयमा सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलका प्रमुख नेता सम्मिलित कार्यदल गठन गरिएको थियो।
 
सोमबार गठित कार्यदलले सामान्य छलफल गरेको भए पनि ठोस निष्कर्ष निकाल्न सकेको छैन।
 
सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दलले मध्यमार्गी उपाय खोज्ने तयारी रहेको बताइन्छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell