PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

सोलुमा बाक्लो हुस्सु र पानी, विमानस्थल अवरुद्ध हुँदा रोकिए दुई सय पर्यटक



रासस

सोलुमा बाक्लो हुस्सु र पानी, विमानस्थल अवरुद्ध हुँदा रोकिए दुई सय पर्यटक

सोलुखुम्बु : लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा दुई सयभन्दा बढी पर्यटक रोकिएका छन्।
 
सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडौं फर्कन लागेका ती पर्यटक मौसमका कारण अलपत्र परेका हुन्। बाक्लो हुस्सुका कारण विमान उडान अवरुद्ध बन्न पुगेको छ।  लुक्लाका पर्यटन व्यवसायी आङनुर्बु शेर्पाका अनुसार कतिपय पर्यटक आफ्नो देश फर्कने हवाइजहाजको टिकट बुकिङ गरिसकेका कारण समस्या भएको बताउँछन्। कतिपयलाई खर्चको समेत अभाव छ।

असार १ गतेदेखि बाक्लो हुस्सु लागेका कारण विमानस्थल अवरुद्ध भइरहेकाले कतिपय पर्यटक भने लुक्लाबाट तीन दिनको पैदल यात्रा गरी सल्लेरीबाट बसमार्फत काठमाडौं फर्कन हिँडेका पथ प्रदर्शक रोजन मगरले बताए।
 
सदरमुकामस्थित फाप्लु विमानस्थल पनि असार १ गतेदेखि बाक्लो हुस्सुकै कारण अवरुद्ध छ।

(तेन्जिङ हिलारी विमानस्थल, फाइल फोटो : bournevoyage.com)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell