PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

३० मिनेटमा भूकम्पका तीन धक्का



रासस

बैतडी : सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा आधा घण्टाको अन्तरालमा आज तीनवटा भूकम्पको धक्का महसुस गरिएको छ।
 
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार पहिलो धक्का दिउँसो २ बजेर ५५ मिनेटमा ५ रेक्टर स्केलको, ३ बजेर ११ मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको र ३ बजेर २८ मिनेटमा ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प मापन गरिएको हो। तीनवटै भूकम्पको केन्द्रविन्दु बझाङको सदरमुकाम चैनपुरबाट ११ किलोमिटर उत्तरपूर्व मयाना भन्ने स्थानमा रहेको सुर्खेत केन्द्रले जनाएको छ।
 
जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षकले नरेन्द्र चन्दले भूकम्पले क्षति पुर्‍यायो भन्ने अहिलेसम्म कुनै ठाउँबाट जानकारी नआएको र ठाउँ ठाउँमा सम्पर्क गरी क्षतिको लगत लिने काम भइरहेको जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell