PahiloPost

Jun 12, 2026 | २९ जेठ २०८३

राम्चेको पहिरोले रोक्यो चीन जोड्ने प्रमुख व्यापारिक मार्ग



रासस

धुन्चे : गए रातिको वर्षासँग आएको पहिराले जिल्लाको पासाङल्हामु राजमार्गका दुई स्थानमा पहिरो गएको छ।
 
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार राम्चे गाविस–१ मूलखर्क र टिमुरे गाविस–१ रसुवागढी नजिक पहिरो जाँदा नेपाल–चीन केरुङको व्यापारिक मार्ग बन्द भएको छ। नेपालको उत्तरी नाका अवरुद्ध हुँदा मालबाहक सवारीसाधन ठाउँ ठाउँमा रोकिएका छन्। पहिरो क्षेत्रका आसपासमा सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी प्रमुख विष्टले बताए।
 
अवरुद्ध सडक खुलाउने प्रयासका लागि सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको प्रजिअ कृष्णप्रसाद अधिकारीले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell