PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

मदन भण्डारीलाई प्रधानमन्त्री ओलीले सम्झिए- 'अग्रगामी विकासका नायक'



रासस

मदन भण्डारीलाई प्रधानमन्त्री ओलीले सम्झिए- 'अग्रगामी विकासका नायक'

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारी अग्रगामी विकासमुखी देशभक्त नायक भएको बताएका छन्।
 
मदन भण्डारी मेमोरियल कलेजको १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले भण्डारी सामाजिक न्यायको चिन्तन राख्ने देशभक्त नायक भएको बताए।
 
'मदन भण्डारी बहुआयामिक व्यक्तित्व, वैज्ञानिक र व्यावहारिक, फराकिलो चिन्तन भएको नेता हो,' उनले भने, 'देशको विकासको चिन्ता गर्ने देशभक्त नेता हुनुहुन्थ्यो।'
 
शिक्षा नीति र प्रणालीमा रहेका कमजोरीले नयाँ पिँढीको क्षमतालाई उजागर गर्नेगरी वातावरण दिन नसकेको भन्दै उनले त्यस्तोखाले शिक्षा नीति ल्याउनेतर्फ सरकार अघि बढिरहेको बताए।
 
'कलेज सुरु गर्दा पैसा थिएन, पूर्वाधार थिएन, इच्छाशक्ति र सङ्कल्प मात्रै थियो,' प्रधानमन्त्री ओलीले कलेज स्थापनाको सुरुवाती अवस्थाको स्मरण गरे, 'निकै कठिनाइ र सङ्घर्षले कलेज यहाँसम्म आएको हो।

सोही अवसरमा कलेजले यो वर्षको ‘मदन भण्डारी शिक्षा पत्रकारिता पुरस्कार’ त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका पूर्व प्रमुख तथा प्राध्यापक पी खरेललाई प्रदान गरेको छ। प्रधानमन्त्री ओलीले सम्मानपत्रसहित २५ हजार नगद पुरस्कार खरेललाई प्रदान गरे।


कलेजले उच्च माध्यमिक शिक्षातर्फ सर्वोत्कृष्ट अङ्क ल्याएका छात्र सुदन लामिछाने र छात्रा रमा पराजुलीलाई पनि प्रधानमन्त्रीले स्वर्णपदक दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell