PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​सुरक्षा परिषदद्वारा निन्दा



रासस

​सुरक्षा परिषदद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले लेबनानमा हालै भएको आतङ्कवादी हमलाको कडा शब्दमा निन्दा गरेको छ।
 
उक्त परिषदको सोमबार बसेको बैठकले लेबनानमा सोमबार भएको आतङ्कवादी हमलाको निन्दा गर्दै त्यसमा सम्लग्नलाई कानुनी कारबाहीका लागि आग्रह पनि गरेको छ।
 
लेबनानको उत्तरपूर्वी नगर क्वामा सोमबार बिहानै सो हमला भएको थियो। सिरियाली सीमा क्षेत्रमा पर्ने उक्त नगरमा भएको हमलामा परी पाँच जना मारिएका थिए।
 
आत्मघाती बम हमलाकारीले उक्त नगरमा रहेको एक चर्चमा भएको हमलामा परी अरु १३ जना नराम्ररी घाइते भएका छन्।
 
चर्चको परिसरमा चारजना आत्मघाती बम हमलाकारीले सो विस्फोट गराएका थिए। बिस्फोटमा परी ज्यान जानेमा प्रार्थनाका लागि गएका सर्वसाधारण परेका बताइएको छ।
 
आतङ्कवादी क्रियाकलापबाट गर्ने गरिएका सबै प्रकारका काम कारबाही कुनै पनि हिसाबले क्षम्य नहुने भन्दै सबै प्रकारका समस्याको समाधानका लागि शान्तिपूर्ण रुपमा प्रयास गर्नुपर्नेमा सो परिषदले जोड दिएको छ।
 
सोमबार बिहान भएको सो आत्मघाती हमलाको अहिलेसम्म कसैले पनि जिम्मेवारी लिएको छैन। उक्त क्षेत्रमा सिरियामा गएका करिब पाँच वर्षदेखि जारी रहेको हिंसाको क्रममा कैयौँ पटकसम्म आक्रमण र हत्याका काम भएका छन्। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell