PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​बागमती सफाइका क्रममा भेटियो युवाको शव



रासस

​बागमती सफाइका क्रममा भेटियो युवाको शव

काठमाडौँ : बागमती सफाइका क्रममा आज एक अपरिचित युवाको शव सडेगलेको अवस्थामा फेला परेको छ।
 
सफाइको १६३ औँ हप्तामा आज थापाथली-कुपण्डोल आसपासको बागमती नदी सफाइ गर्ने क्रममा कुपण्डोलतिरको भागमा शव फेला परेको हो। गन्हाउने भइसकेको सो शव बोरामा बन्द गरिएको अवस्थामा भेटिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका कार्यकारी निर्देशक राजेशप्रसाद सिंहले जानकारी दिए।
 
नदीमा भेटिएको शव प्रहरीलाई बुझाइएको उनले बताएका छन्।
(फाइल फोटो)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell