PahiloPost

Jan 15, 2025 | २ माघ २०८१

  • अपरेसन गरिरहेकै बेला आइसियुमा प्रवेश गरी प्रहरीले पक्रियो डाक्टरलाई

    अपरेसन गरिरहेकै बेला आइसियुमा प्रवेश गरी प्रहरीले पक्रियो डाक्टरलाई

    पर्सा : नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज वीरगन्जबाट नौ चिकित्सकलाई पक्राउ गरेको छ ।  प्रहरी नायब उपरीक्षक फिरोज बस्नेतको नेतृत्वमा काठमाडाँैबाट आएको टोलीले वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालबाट तीन, वीरगन्जकै नेसनल मेडिकल कलेजबाट चारर निजी क्लिनिकबाट दुई चिकित्सकलाई नियन्त्रणमा लिएको हो ।  नारायणी उपक्षेत्रीय अस्पतलामा कार्यरत डा कुशराज गिरी, डा सरोजकुमार सिंह,…

    विस्तृतमा पढ्नुस्

  • यो वर्षकै सबैभन्दा ठूलो पहिरो खसेर ​नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

    चितवन :नारायणगढ–मुग्लिन सडकखण्डमा आज साँझ पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।  चन्डिभञ्ज्याङ गाविस वडा नं ५ स्थित चार किलो भन्ने ठाउँमा सडकमाथिबाट पहिरो झरेपछि साँझ ७ बजेदेखि सडक अवरुद्ध बनेको हो। पहिरो पन्छाउनका लागि दुई वटा स्काभेटर र लोडर प्रयोग गरिएको मुग्लिन–नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालले बताए। दुईतर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो खस्नेक्रम रोकिइ नसकेकाले…

    विस्तृतमा पढ्नुस्

  • स्कूलमा धर्म परिवर्तन गराउन खोजेको आरोपमा पक्राउ परेका इसाई धर्म प्रचारक १० हजार धरौटीमा रिहा

    दोलखा : मोर्डन नेपाल बोर्डिङ स्कुल र माउन्ट भ्याली बोर्डिङ स्कुलका विद्यार्थीलाई जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा केही दिनअघि पक्राउ परेका आठ इसाई धर्मावलम्बी आज रिहा भएका छन् ।  यही जेठ २७ गते सदरमुकाम चरीकोटबाट पक्राउ परेका तिनलाई प्रहरीले आज अपराह्न जिल्ला अदालतमा पेस गरेकामा अदालतले रिहा गरिएको हो। रिहा हुनेमा स्थानीय पादरी शक्ति पाख्रिन, टिच नेपालका प्रतिनिधि बनिता…

    विस्तृतमा पढ्नुस्

  • भोलि कोरिया भाषा परीक्षा, ६० हजार सहभागी हुने, ओरिजिनल पासपोर्ट र प्रवेश पत्र चाहिने

    काठमाडौँ : रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा शनिबारदेखि हुँदैछ । इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिने जानकारी दिए। परीक्षा शनिबार र आइतबार दुई दिन बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि सञ्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७० मिनेटको हुनेछ । …

    विस्तृतमा पढ्नुस्

  • बिबिएसको परीक्षाफल प्रकाशित, आठ परीक्षार्थी कारबाहीमा

    काठमाडौँ :  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७२ मा सञ्चालित व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक तह (बिबिएस) प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ।   असोज तथा मंसिर र पुसमा सञ्चालित सो परीक्षाको नतिजा  www.educationsansar.com, www.educationkhabar.com, www.edusanjal.com, www.tu.ntc.net.np मा हेर्न सकिनेछ। यस्तै त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादा विपरीत काम गर्ने आठ परीक्षार्थीलाई दुई वर्षसम्मका लागि…

    विस्तृतमा पढ्नुस्

  • ​नयाँ शक्तिको बन्दसत्र जारी, तीन प्रतिवेदन पेस

    ​नयाँ शक्तिको बन्दसत्र जारी, तीन प्रतिवेदन पेस

    काठमाडौँ : नयाँ शक्ति नेपालको पार्टी घोषणापछि जारी बन्दसत्रमा तीन प्रतिवेदन पेस भएका छन्।   आज प्रज्ञा भवन कमलादीमा सुरु बन्दसत्रमा संयोजक डा. बाबुराम भट्टराईले ‘नयाँ शक्तिका आधार तत्वहरु’, सचिवालय सदस्य देवेन्द्र पौडेलले ‘साङ्गठनिक सिद्धान्त र विधान’ र अर्का सचिवालय सदस्य रामेश्वर खनालले ‘विकास र समृद्धिको खाका’ विषयक प्रतिवेदन पेस गरेका हुन्।   प्रतिवेदन पेस गरिएपछि तीनवटै विषयमा छलफलका लागि…

    विस्तृतमा पढ्नुस्

  • ​सत्यमोहन जोशी सहितको टीम फुटबल खेल्दै

    काठमाडौँ : आउँदो असार ४ गते साहित्यकारहरुबीच ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल खेल’ हुने भएको छ ।   संस्कृति, साहित्य र कलासम्बन्धी राष्ट्रिय पाक्षिक पत्रिका ‘संसाक’को आयोजनामा हुने खेलमा दुई टोलीका ५० साहित्यकारको सहभागिता रहनेछ।   राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेल मैदानमा हुने खेलका लागि डा शैलेन्दुप्रकाश नेपालको आयोजनामा मूल समारोह समिति निर्माण गरिएको छ। कार्यक्रम संयोजकमा संसाकका सम्पादक एवं प्रकाशक…

    विस्तृतमा पढ्नुस्

  • तस्कर र प्रहरीबीच गोली हानाहान, एक क्विन्टल गाँजा बरामद

    पर्सा : पर्साको शङ्करसरैया गाविसमा लागुऔषध कारोबारी र प्रहरीबीच गोली हानाहान भएको छ। गाविसको वडा नं ८ मा पर्ने भलुवही खोलाको बगरमा गएराति ११ : ४५ बजेको समयमा प्रहरी र गाँजा तस्करबीच दोहोरो गोली हानाहान भएको हो।   पर्सा वन्यजन्तु आरक्षको बाटो प्रयोग गरी मकवानपुरबाट पर्सा भित्र्याउन लागिएको प्रतिबन्धित आगुऔषध गाँजा र चरेस नियन्त्रणमा लिन लुकेर बसेका सुरक्षाकर्मीलाई लक्ष्य गरी…

    विस्तृतमा पढ्नुस्

  • गर्भपतन गराउनेको संख्या बढेपछि गर्भपतनसम्बन्धी विज्ञापनमा रोक

    पाँचथर : पाँचथरमा गर्भपतन गराउनेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७१/७२ मा एक हजार तीन सय ९४ महिलाले गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ।   जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थामा एक हजार ४५ र जिल्ला अस्पताल पाँचथरमा तीन सय ४९ जनाले गर्भपतन गराएका हुन्। आइपस नेपालका जिल्ला संयोजक केदार भण्डारीका अनुसार आव २०७२/७३…

    विस्तृतमा पढ्नुस्

  • वर्ड भिजनको कार्यालय र गाडीमा विप्लव माओवादीद्वारा आगजनी

    नुवाकोट : भूकम्पपछिको प्रतिकार्यका लागि नुवाकोट आएको वर्ड भिजन इन्टरनेशनल नेपालको जिल्ला कार्यालयमा गएराति नेकपा माओवादीले आगजनी गरेको छ।   गएराति साढे १२ बजे तीन जनाको समूहमा आएका कार्यकर्ताले विदुर नगरपालिका ४ बट्टारमा रहेको वर्ड भिजनको कार्यालय परिसरमा रहेको गाडीमा आगो लगाएका थिए। आगजनीको जिम्मा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले लिएको छ।   प्रत्यक्षदर्शी संस्थाका सुरक्षाकर्मी तुलबहादुर प्याकुरेलका अनुसार गेटपट्टिबाटै…

    विस्तृतमा पढ्नुस्

  • बिहानदेखि अवरुद्ध ​नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

    बिहानदेखि अवरुद्ध ​नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

    चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्म ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानदेखि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ।   सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो। सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार ठूलो पहिरो हटाएर एकतर्फी सवारी आवागमन सुरु भएको छ। ठाउँठाउँमा पहिरो झरिरहेकाले कुनै पनि समयमा सडक अवरुद्ध हुन सक्ने खतरा भने रहिरहेको उनले…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै श्रीमतीको हत्या गरी गोठमा गाड्ने श्रीमान्

    भीमदत्तनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ छोटीकिँचाइका ३२ वर्षीय केशव बोहराले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ।   प्रहरीका अनुसार बोहराले गत जेठ २४ गते राति २६ वर्षीया श्रीमती मायाको हत्या गरेर घर नजिकैको गोठमा खाल्डो खनेर गाडेका थिए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले हत्या आरोपमा बोहरालाई आज धनगढीबाट…

    विस्तृतमा पढ्नुस्

  • बेपत्ता छानबिन आयोगमा उजुरी दिने समय एक महिना थप

    काठमाडौँ : सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले व्यक्ति बेपत्ता पार्नेविरुद्ध उजुरी लिनका लागि एक महिना समय थप गरेको छ ।  आयोगका आयुक्त विष्णु पाठकले समय थप गर्नुपर्ने पीडितको माग र उजुरी आउने क्रम जारी रहेकाले असार मसान्तसम्मका लागि उजुरी दिने समय थप गरिएको जानकारी दिए। आयोगले यसअघि जेठ मसान्तसम्म मात्र उजुरी लिने सूचना जारी गरेको…

    विस्तृतमा पढ्नुस्

  • तेन्जिङ जसको कम्मरमा भेटियो ६ किलो सुन

    धुन्चे : अवैध रुपमा लुकाइछिपाइ केरुङबाट नेपाल ल्याइएको छ किलो सुनसहित एक जनालाई आज अपराह्न रसुवागढीबाट प्रहरीले पक्राउ गरेको छ ।  जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार छ किलोभन्दा बढी पेटी बनाएर कम्मरमा बाँधी ल्याएको अवस्थामा मितेरी पुलमै संयुक्त सुरक्षा जाँचका क्रममा फेला पारी पक्राउ गरिएको हो ।  पक्राउ पर्नेमा टिमुरे–५ का २६ वर्षीय काङकाङ भनिने तेन्जिङ तामाङ रहेका छन्…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा ज्ञानेन्द्र र पूर्व प्रधानमन्त्रीहरुविरुद्ध मेलमिलाप आयोगमा उजुरी

    काठमाडौँ : द्वन्द्वका बेला नेपाली सेनाले २७ महिनासम्म बेपत्ता अवस्थामा राखेका मुक्तबन्दी कृष्ण केसीले आज सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन्।  बागलुङ नगरपालिका वडा नं ३ स्थायी ठेगाना भएका केसीले पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवामाथि कारबाहीको माग गर्दै उजुरी दर्ता गराएका हुन्।  आयोगका अध्यक्ष सूर्यकिरण गुरुङलाई बुझाएको…

    विस्तृतमा पढ्नुस्

  • उपराष्ट्रपतिले दिए चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्ने निमन्त्रणा पत्र

    उपराष्ट्रपतिले दिए चिनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमण गर्ने निमन्त्रणा पत्र

    काठमाडौँ : चीनको भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट चिनियाँ राष्ट्रपति सि जिन पिङलाई नेपाल भ्रमण गर्न आमन्त्रण गरेको पत्र चिनियाँ उपप्रधानमन्त्रीलाई आज हस्तान्तरण गरेका छन्।  उनले आज सो पत्र चीनका उपप्रधानमन्त्री वाङ याङलाई चीनको युन्नान प्रान्तको कुन्मिङमा भएको भेटमा हस्तान्तरण गरेका हुन्।  चीन भ्रमणमा रहेको उपराष्टपति पुन नेतृत्वको नेपाली टोलीले आज कुन्मिङका विभिन्न कार्यक्रममा भाग लिनुका…

    विस्तृतमा पढ्नुस्

  • विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा अचम्मित छु : प्रधानमन्त्री ओली

    विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा अचम्मित छु : प्रधानमन्त्री ओली

    दमक : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका योजना सार्वजनिक गर्दा विपक्षीहरुले हावादारी भनेर आलोचना गरेकोमा आफू अचम्मित भएको बताएका छन्।   आफ्नो निर्वाचन क्षेत्रका आधा दर्जन बढी कार्यक्रममा सहभागी हुन झापा आएका ओलीले मुलुकको विकासमा वर्तमान सरकारले उल्लेखनीय कामको सुरुवात गरेको दाबी गरे। ‘अब साँच्चै मुलुकको मुहार फेर्न सबैले हिम्मत राख्नुपर्छ,’ उनले भने।   आज बिहान दमक–६ स्थित दापगा…

    विस्तृतमा पढ्नुस्

  • बसमा लाग्यो आगो, एक महिलाको मृत्यु, २६ घाइते

    गोलबजार (सिरहा) : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। २६ यात्रु घाइते भएका छन्।     इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार ना५ख ८५३८ नम्बरको यात्रुबाहक बस र ना२ख ४२९४ नम्बरको ट्रक जुधेको हो।   दुर्घटनामा नाम र पहिचान खुल्न नसकेकी एक महिलाको जलेर मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • बनेपाबाट माओवादी केन्द्रीय सदस्यसहित १० बन्दकर्ता पक्राउ

    बनेपा : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज बनेपाबाट प्रहरीले १० जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।   बन्द गराउँदै हिँडेका चन्द नेतृत्वको बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य पवित्रा फुयाँल सहित १० जना बनेपाको चारदोबाटोबाट पक्राउ परेका हुन्। पक्राउ पर्नेमा सुन्तली लामा, लालबहादुर विक, श्याम श्रेष्ठ, रमेश नेपाली, नकुल परियार, आशमान तामाङ, राकेश तामाङ, विक्रम तामाङ, र…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्र मन्त्री कमल थापा भोलि भारत जाँदै

    परराष्ट्र मन्त्री कमल थापा भोलि भारत जाँदै

    काठमाडौं : उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन भोलि भारतको राजधानी नयाँदिल्ली जाँदै छन्। भ्रमणका क्रममा परराष्ट्रमन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।   उपप्रधानमन्त्री थापा भारत भ्रमणपछि आइतबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्यालले जानकारी दिए।

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell