PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

परराष्ट्र मन्त्री कमल थापा भोलि भारत जाँदै



रासस

परराष्ट्र मन्त्री कमल थापा भोलि भारत जाँदै

काठमाडौं उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कमल थापा दक्षिण एसियाली विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा भाग लिन भोलि भारतको राजधानी नयाँदिल्ली जाँदै छन्।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री थापाले आफ्ना समकक्षी सुष्मा स्वराजसहित केही उच्च पदस्थ सरकारी अधिकारी र राजनीतिक नेतृत्वसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ।
 
उपप्रधानमन्त्री थापा भारत भ्रमणपछि आइतबार स्वदेश फर्कने परराष्ट्र मन्त्रालयका निमित्त सचिव भरतराज पौड्यालले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell