PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

बसमा लाग्यो आगो, एक महिलाको मृत्यु, २६ घाइते



रासस

गोलबजार (सिरहा) : पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा आज बिहान यात्रुबाहक बस ट्रकसँग जुधेलगतै आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ। २६ यात्रु घाइते भएका छन्।
 
 
इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक राजेन्द्र उपाध्यायका अनुसार ना५ख ८५३८ नम्बरको यात्रुबाहक बस र ना२ख ४२९४ नम्बरको ट्रक जुधेको हो।
 
दुर्घटनामा नाम र पहिचान खुल्न नसकेकी एक महिलाको जलेर मृत्यु भएको र बाँकी घाइते यात्रुको उपचार गोलबजारको विभिन्न अस्पतालमा भइरहेको उनले जानकारी दिए।
 
 
आगलागीबाट बस पूर्णरुपमा क्षति भएको छ। बससँगै यात्रुको समान समेत जलेर नष्ट भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell