PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​सत्यमोहन जोशी सहितको टीम फुटबल खेल्दै



रासस

काठमाडौँ : आउँदो असार ४ गते साहित्यकारहरुबीच ‘प्रथम साहित्यिक मैत्रीपूर्ण फुटबल खेल’ हुने भएको छ ।
 
संस्कृति, साहित्य र कलासम्बन्धी राष्ट्रिय पाक्षिक पत्रिका ‘संसाक’को आयोजनामा हुने खेलमा दुई टोलीका ५० साहित्यकारको सहभागिता रहनेछ।
 
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको खेल मैदानमा हुने खेलका लागि डा शैलेन्दुप्रकाश नेपालको आयोजनामा मूल समारोह समिति निर्माण गरिएको छ। कार्यक्रम संयोजकमा संसाकका सम्पादक एवं प्रकाशक उमेश पाण्डे रहेका छन्।
 
खेलमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा विष्णुविभु घिमिरे, सदस्यसचिव प्राडा जीवेन्द्रदेव गिरी लगायतका पदाधिकारी पनि रहनेछन्। यस्तै संस्कृतिविद सत्यमोहन जोशी, रामबहादुर पहाडी, प्राडा गार्गी शर्मा, माया ठकुरी, डा प्रकाशचन्द्र लोहनी, हरिहर खनाल, उषा शेरचन, पूर्ण विराम, सरुभक्त, डा विजय सुब्बा, नरेन्द्रबहादुर श्रेष्ठ, प्रल्हाद पोखरेल, श्रीओम रोदन, दीनानाथ शर्मा, प्राडा रमेशचन्द्र अधिकारी, वासुदेव गुरागाईँ, शारदा शर्मा, प्रभा भट्टराई, राधेश्याम लेकाली, सुलोचना मानन्धर, गौरा प्रसाईँ लगायतका साहित्यकारको समेत सहभागिता रहने आयोजकले जनाएको छ।
 
नेपाली साहित्यको उत्थान, साहित्यकार, पाठक र सर्वसाधारणबीचको सम्बन्ध विस्तारका साथै मनोरञ्जनका लागि कार्यक्रम आयोजना गर्न लागिएको कार्यक्रम संयोजक पाण्डेले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell