PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

बेपत्ता छानबिन आयोगमा उजुरी दिने समय एक महिना थप



रासस

काठमाडौँ : सशस्त्र द्वन्द्वका समयमा बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित आयोगले व्यक्ति बेपत्ता पार्नेविरुद्ध उजुरी लिनका लागि एक महिना समय थप गरेको छ । 

आयोगका आयुक्त विष्णु पाठकले समय थप गर्नुपर्ने पीडितको माग र उजुरी आउने क्रम जारी रहेकाले असार मसान्तसम्मका लागि उजुरी दिने समय थप गरिएको जानकारी दिए। आयोगले यसअघि जेठ मसान्तसम्म मात्र उजुरी लिने सूचना जारी गरेको थियो । 

आयुक्त पाठकका अनुसार आज मात्रै बेपत्ता आफन्तको खोजी गर्न माग गर्दै १७८ पीडितले उजुरी दिएको र आयोगमा हालसम्म दुई हजार ४८ उजुरी परिसकेको बताए। 

दश वर्षे जनयुद्धका क्रममा राज्य र विद्रोही पक्षबाट करिब एक हजार ४९५ जना बेपत्ता पारिएको तथ्याङ्क छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell