PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

आफ्नै श्रीमतीको हत्या गरी गोठमा गाड्ने श्रीमान्



रासस

भीमदत्तनगर : कञ्चनपुरको कृष्णपुर नगरपालिका–३ छोटीकिँचाइका ३२ वर्षीय केशव बोहराले श्रीमतीको हत्या गरेको प्रहरीले बताएको छ।  

प्रहरीका अनुसार बोहराले गत जेठ २४ गते राति २६ वर्षीया श्रीमती मायाको हत्या गरेर घर नजिकैको गोठमा खाल्डो खनेर गाडेका थिए । हत्याको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले हत्या आरोपमा बोहरालाई आज धनगढीबाट पक्राउ गरिएको बताए। मृतकको एक छोरा र एक छोरी रहेका छन् । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell