PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

बिहानदेखि अवरुद्ध ​नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा



रासस

बिहानदेखि अवरुद्ध ​नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

चितवन : नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्म ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानदेखि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ।
 
सडक बिहान १० बजेदेखि एकतर्फी सञ्चालनमा आएको हो। सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार ठूलो पहिरो हटाएर एकतर्फी सवारी आवागमन सुरु भएको छ। ठाउँठाउँमा पहिरो झरिरहेकाले कुनै पनि समयमा सडक अवरुद्ध हुन सक्ने खतरा भने रहिरहेको उनले बताए।
 
बिहान साढे ४ बजेदेखि पहिरोका कारण सडक अवरुद्ध थियो। जलवीरेदेखि कालीखोलासम्मको ५ किलोमिटरभित्र ७ ठाउँमा पहिरो खसेको थियो। सो क्षेत्रमा सडक विस्तारका क्रममा भित्तो काट्ने काम भइरहेको छ। काटिएको भित्तो बर्सातका कारण झर्ने भएकाले पटकपटक पहिरो खस्ने गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell