PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

बनेपाबाट माओवादी केन्द्रीय सदस्यसहित १० बन्दकर्ता पक्राउ



रासस

बनेपा : नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आह्वान गरेको नेपाल बन्दको क्रममा आज बनेपाबाट प्रहरीले १० जना बन्दकर्तालाई नियन्त्रणमा लिएको छ।
 
बन्द गराउँदै हिँडेका चन्द नेतृत्वको बुद्धिजीवी संगठनका केन्द्रीय सदस्य पवित्रा फुयाँल सहित १० जना बनेपाको चारदोबाटोबाट पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुन्तली लामा, लालबहादुर विक, श्याम श्रेष्ठ, रमेश नेपाली, नकुल परियार, आशमान तामाङ, राकेश तामाङ, विक्रम तामाङ, र बुद्ध तामाङ रहेका छन्। उनीहरु अधिकांश जिल्ला तथा नगर स्तरका कार्यकर्ता हुन्।
 
प्रहरीले बुधवार बेलुका मसाल जुलुल निकाल्ने तयारी गरिरहेको अवस्थामा पनौतीका अनिल रायमाझीलाई पनि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राईले जानकारी दिए।

आजको बन्दको प्रभाव बनेपा र आसपासका क्षेत्रमा सामान्य देखिएको छ। बन्दका कारण सवारी साधन सञ्चालनमा नआए पनि फाटफुट रुपमा केही पसल खुलेका छन्। चन्द नेतृत्वको माओवादीले आफ्ना कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्द आह्वान गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell