PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

स्कूलमा धर्म परिवर्तन गराउन खोजेको आरोपमा पक्राउ परेका इसाई धर्म प्रचारक १० हजार धरौटीमा रिहा



रासस

दोलखा : मोर्डन नेपाल बोर्डिङ स्कुल र माउन्ट भ्याली बोर्डिङ स्कुलका विद्यार्थीलाई जबर्जस्ती धर्म परिवर्तन गराउन खोजेको आरोपमा केही दिनअघि पक्राउ परेका आठ इसाई धर्मावलम्बी आज रिहा भएका छन् । 

यही जेठ २७ गते सदरमुकाम चरीकोटबाट पक्राउ परेका तिनलाई प्रहरीले आज अपराह्न जिल्ला अदालतमा पेस गरेकामा अदालतले रिहा गरिएको हो। रिहा हुनेमा स्थानीय पादरी शक्ति पाख्रिन, टिच नेपालका प्रतिनिधि बनिता डङ्गोल, बालकृष्ण राई, फिलिप तामाङ, किरण दाहाल, भीमबहादुर तामाङ, चरीकोटस्थित माउन्ट भ्याली बोर्डिङका प्रिन्सिपल प्रकाश प्रधान र मोर्डन नेपालका प्रिन्सिपल विमल शाही छन् । 

जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठको एकल इजलासले इसाइ धर्मका पाँच प्रचारकलाई जनही रु १० हजार र अन्यलाई साधारण तारेखमा रिहा गरेको हो । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell