PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

गर्भपतन गराउनेको संख्या बढेपछि गर्भपतनसम्बन्धी विज्ञापनमा रोक



रासस

पाँचथर : पाँचथरमा गर्भपतन गराउनेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको छ। आर्थिक वर्ष २०७१/७२ मा एक हजार तीन सय ९४ महिलाले गर्भपतन गराएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ।
 
जिल्लाको प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य संस्थामा एक हजार ४५ र जिल्ला अस्पताल पाँचथरमा तीन सय ४९ जनाले गर्भपतन गराएका हुन्। आइपस नेपालका जिल्ला संयोजक केदार भण्डारीका अनुसार आव २०७२/७३ साउनदेखि वैशाखसम्म जिल्ला अस्पतालबाहेक अन्यत्र आठ सय ८३ जनाले गर्भपतन गरेको पाइएको छ।
 
पछिल्लो समय गर्भपतन गराउने क्रम बढेपछि त्यसको न्युनीकरणका लागि जिल्ला प्रजनन स्वास्थ्य समन्वय समितिले औषधि व्यवस्था विभागमा सूचीकृत गराएर मात्रै गर्भपतनसम्बन्धी औषधि बिक्री वितरण गर्न दिने निर्णय गरेको छ। साथै गर्भपतन गराउने विज्ञापन सञ्चार माध्यममा प्रकाशन वा प्रसारण गर्न प्रतिबन्ध लगाउने पनि समितिले निर्णय गरेको छ।
 
गर्भनिरोधक सामग्रीको प्रयोग नगरेका कारण पनि गर्भपतन गराउने महिलाको सङ्ख्यामा वृद्धि भएको हुन सक्ने संयोजक भण्डारीले बताए। अहिले जिल्लामा ३२ प्रतिशत महिलाले मात्रै गर्भनिरोधक सामग्री र औषधिको प्रयोग गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell