PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

तेन्जिङ जसको कम्मरमा भेटियो ६ किलो सुन



रासस

धुन्चे : अवैध रुपमा लुकाइछिपाइ केरुङबाट नेपाल ल्याइएको छ किलो सुनसहित एक जनालाई आज अपराह्न रसुवागढीबाट प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी प्रमुख अवधेश विष्टका अनुसार छ किलोभन्दा बढी पेटी बनाएर कम्मरमा बाँधी ल्याएको अवस्थामा मितेरी पुलमै संयुक्त सुरक्षा जाँचका क्रममा फेला पारी पक्राउ गरिएको हो । 

पक्राउ पर्नेमा टिमुरे–५ का २६ वर्षीय काङकाङ भनिने तेन्जिङ तामाङ रहेका छन् । उनको साथबाट बरामद गरिएको सुनको मूल्य करिब रु दुई करोड ८२ लाख भएको अनुमान गरिएको छ । 

सुनसहित पक्राउ परेका तामाङलाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ । सुन तस्करको प्रकरण भएकाले त्यसको मुद्दा राजस्व अनुसन्धान विभागले हेर्ने प्रमुख भन्सार अधिकृत केदार पनेरुले बताए। 

प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी राजस्व विभागमा बुझाउने तयारी गरिरहेको छ । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell