PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

भोलि कोरिया भाषा परीक्षा, ६० हजार सहभागी हुने, ओरिजिनल पासपोर्ट र प्रवेश पत्र चाहिने



रासस

काठमाडौँ : रोजगार अनुमति प्रणालीअन्तर्गत सातौँ इपिएस कोरिया भाषा परीक्षा शनिबारदेखि हुँदैछ । इपिएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले निरीक्षक र अनुगमनकर्ता गरी एक हजार ५०० परीक्षामा खटिने जानकारी दिए।

परीक्षा शनिबार र आइतबार दुई दिन बिहान ८ः३० बजे र अपराह्न १२ः३० बजेदेखि सञ्चालन हुनेछ । पढाइ १०० र लेखाइ १०० गरी २०० पूर्णाङ्कको हुने सो परीक्षा ७० मिनेटको हुनेछ । 

यस वर्ष ५२ हजार २२२ पुरुष र आठ हजार ४०४ महिलाले परीक्षाका लागि आवेदन दिएकामा कृषितर्फ ३७ हजार १७५ र उत्पादनमूलक क्षेत्रमा २३ हजार ४५१ छन् । 

यस वर्ष तीन हजार १०० लाई उत्तीर्ण गराइने र तीमध्ये एक हजार उत्पादनमूलक क्षेत्र र दुई हजार १०० जना कृषिका लागि दक्षिण कोरिया लगिनेछन् । काठमाडौँ उपत्यकामा १८ र पोखरामा तीन परीक्षा केन्द्र तोकिएका छन् । 

परीक्षा दिन आउँदा आवेदन दर्ता गर्दा पेस गरिएको राहदानीको सक्कल र प्रवेशपत्रको सक्कल लिई आउनुपर्ने व्यवस्था यस पटक गरिएको छ । सक्कल कागजातबिना परीक्षामा समावेश नगराइने निर्देशक बास्तोलाले बताए।

​आगामी साउन ११ गते परीक्षाफल प्रकाशन भई उत्तीर्ण भएकाहरु सन् २०१७ देखि कोरिया जान पाउने छन् । हालसम्म ३८ हजार जना भाषा परीक्षा मार्फत कोरिया गएका छन् । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell