PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान, घरधनीले १२ लाख भाडा बुझ्दै



रासस

​पूर्वराष्ट्रपतिको घरभाडा विवाद समाधान, घरधनीले १२ लाख भाडा बुझ्दै

काठमाडौँ : पूर्वराष्ट्रपति डा रामवरण यादवको आवासका लागि सरकारले उपलब्ध गराएको ललितपुरको भैसेपाटीस्थित घरभाडा विवाद अन्त्य भएको छ। 

धरधनी हरिभक्त विष्टले राष्ट्रपति कार्यालय शीतलनिवासबाट २०७२ कात्तिकदेखि २०७३ असार महिनासम्मको घरभाडा बुझ्न लागेको राष्ट्रपतिको कार्यालयले जनाएको छ। 

उक्त कार्यालयका सहायक प्रवक्ता ध्रुवप्रसाद अचार्यका अनुसार घरभाडाका लागि कर कट्टीबाहेक रु १२ लाख ३९ हजार ४०० को चेक तयार भइसकेको तर सम्झौताको प्रक्रियागत कार्य बाँकी भएकाले घरधनी विष्टबाट सम्झौतामा हस्ताक्षर भएपछि रकम भुक्तानी गरिनेछ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell