PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • कांग्रेस महामन्त्री सशांक कोइरालाको स्वास्थ्यमा सुधारको संकेत, देउवाले बोलाउँदा आँखा खोले

    काठमाडौँ : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएपनि अझै गम्भीर रहेको छ। चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहेका महामन्त्री कोइरालालाई आज बिहान अचानक बान्ता भएपछि स्वास्थ्य अवस्था गम्भीर बनेको थियो । बान्ता गर्ने क्रममा उनको फोक्सोमा खाना अड्किएपछि निमोनियाको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । उपचारमा संलग्न डा लव जोशीले महामन्त्री कोइरालाको स्वास्थ्य केही सुधारोन्मुख देखिएपनि…

    विस्तृतमा पढ्नुस्

  • झड्केली छोरीको रेटेरै हत्या, समातिए बाबु

    सोलुखुम्बु : एघार महिने शिशुको निर्मम हत्या गर्ने गुदेल–९ सोलुखुम्बुका सुखधन कुलुङलाई प्रहरीले पक्राउ गरेको छ।   मङ्गलबार बिहान झड्केली छोरीको धारिलो हतियार प्रहार गरी हत्या गरेर भाग्दै गरेको अवस्थामा राईलाई प्रहरीले गुदेलकै चाचालुङ जङ्गलबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ।   मङ्गलबार बिहानै हत्या गरिएकी ११…

    विस्तृतमा पढ्नुस्

  • ​भोटेकोसीमा दशकयताकै ठूलो बाढी

    ​भोटेकोसीमा दशकयताकै ठूलो बाढी

    मेलम्ची : सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय अत्यधिक वर्षा हुँदा भोटेकोसी नदीमा एक दशकयताकै सबैभन्दा ठूलो बाढी आएको छ।   जिल्लाको सिमाना रहेको तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ।   जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक रवीन्द्र केसीका अनुसार मङ्गलबार रातिदेखि अत्यधिक वर्षाले भोटेकोसी नदीमा पानीको बहाव बढेकाले नदी…

    विस्तृतमा पढ्नुस्

  • ​पहिरोमा परी एकै परिवारका पाँचसहित आठ जनाको मृत्यु

    ​पहिरोमा परी एकै परिवारका पाँचसहित आठ जनाको मृत्यु

    सिटी पोख्रेल प्युठान :  पहिरोमा परी गएराति प्युठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ।   उत्तरी प्युठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो। स्थानीय ४५ वर्षका दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उनीसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको स्थानीय जोगिन्द्र मल्लले बताए।    मृतक अन्यमा मल्लकी ४० वर्षीया श्रीमती सीता, १० वर्षीया छोरी…

    विस्तृतमा पढ्नुस्

  • मुलखर्कको बाटो चिप्लो, चीनका सामन ल्याउनै कठिन

    धुन्चे : पासाङल्हामु राजमार्गअन्तर्गत रसुवाको मूलखर्क क्षेत्रमा सडक व्यवस्थापन हुन नसक्दा मालबाहक कन्टेनर ओहरदोहर गराउँदा समस्या भएको छ।   नेपाल–चीन केरुङ व्यापारका सामग्री ल्याउने लैजाने सामग्री बोकेका कन्टेनर मूलखर्कमा चिप्लिएर मोटर उकाल्न गाह्रो परेको ट्रक कन्टेनर चालकले दुखेसो गरेका छन्।   नेपाल–चीन केरुङ व्यापार सङ्घका अध्यक्ष मानबहादुर तामाङका अनुसार राम्चे गाविसको राम्चेभिर मूलखर्क, स्याफ्रु गाविसको सानोभार्खु खोल्छा आसपास, धुन्चे नजिकको…

    विस्तृतमा पढ्नुस्

  • ​घरभित्रै छिरेको ट्रकले शिशुको लियो ज्यान

    रत्ननगर : चितवनको मुग्लिन–नारायणगढ सडकअन्तर्गत चण्डिभञ्ज्याङको पाँच किलोमा एक घरमा ट्रक पस्दा एक बालिकाको मृत्यु भएको छ।   काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको ना २ ख ९६९९ नम्बरको ट्रक चण्डिभञ्ज्याङ गाविस–९ को पाँच किलोमा अनियन्त्रित भई एउटा घरमा पसेको थियो।   राति करिब १० बजेर ३० मिनेटको समयमा भएको उक्त दुर्घटनामा परी स्थानीय किसान गुरुङ की ८ महिनाकी छोरी किष्मा गुरुङको…

    विस्तृतमा पढ्नुस्

  • ​त्रिभुवन राजपथ खुल्दा, मदन भण्डारी राजमार्ग रोकियो

    हेटौँडा : त्रिभुवन राजपथको हेटौँडा–भैसे सडकखण्डको बागझोरामा गएराति आएको बाढी र पहिरोले अवरुद्ध भएको त्रिभुवन राजपथ आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।   यसैगरी, गएराति आएको वर्षाले नै मदन भण्डारी राजमार्गको हेटौँडा–कुलेखानी खण्डको सिस्नेरीको अमलडाँडामा र थाखेल सडकखण्डको महालक्ष्मी डाँडामा गएराति पहिरो जाँदा काठमाडौँ–हेटौँडा दुवैतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको सिस्नेरी प्रहरी चौकीले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • पर्खाल भत्किँदा दुई विद्यार्थीको मृत्यु भएपछि घटनाका दोषीलाई कारबाहीको माग

    काठमाडौँ : शिक्षा क्षेत्रका विभिन्न २८६ गैरसरकारी सङ्घसंस्थाको सञ्जाल शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिइ) नेपालले टौखेलस्थित पुष्पाञ्जली माविमा भएको घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने माग गरेको छ।   संस्थाले आज विज्ञप्ति जारी गर्दै असार १७ गते ललितपुरस्थित टौखेलमा भएको उक्त घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरेको हो।   भूकम्पपछि सरकारले निर्धारण गरेको मापदण्ड पूरा नगरी घरघडेरी प्लटिङका नाममा…

    विस्तृतमा पढ्नुस्

  • ​खाल्डामा भेटियो वृद्धको शव

    विराटनगर : मोरङको खहरे खोलाको खाल्डामा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन्।   थला–२, हुरहुरिया बस्ने ६० वर्षीय सूर्य झागड मृत फेला परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ।   घरबाट हिँडेका उनी लामो समयसम्म घर नफर्केपछि आफन्तले खोजी गर्दा नजिकै रहेको खोलाको खाल्डामा उनी भेटिएका हुन्। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    विस्तृतमा पढ्नुस्

  • छोरोको लास मलेसियामा, बाबु भक्कानिँदै नेपालमा

    जाजरकोट : “हामी गरिबलाई के थाहा र ! कमाइ गर्न गएको छोरो कहाँ काम गर्थ्यो ? कस्तो कम्पनीमा काम गर्थ्यो?” मलेसियामा छोरा रामबहादुर तिरुवाको ज्यान गएपछि लास ल्याउन नसकेका बाबुले भक्कानिँदै भने – “छोराको लास छिटो ल्याउन पाए हुन्थ्यो, दैव लागेपछि कसको के लाग्छ र?” वैदेशिक रोजगारीमा मलेसिया गएका रामबहादुरको मोटरसाइकल दुर्घटनामा परी ज्यान गएको नौ दिन भइसक्दा पनि लास…

    विस्तृतमा पढ्नुस्

  • पहिरो खस्दा गोरखामा तीनको मृत्यु, गम्भीर तीन जनाको उपचार हुँदै

    गोरखा : उत्तरी गोरखाको दुर्गम केरौंजा गाविस–३ स्थित केरौंजाबेँसीमा पहिरो खस्दा बाटो बनाउन हिँडेका तीन जनाको घटनास्थलमै पुरिएर मृत्यु भएको छ।   फलिम्पुमा गोरेटो बाटो बनाउन जाँदै गरेका केरौंजा–३ का १५ वर्षीय सन्दीप (सन्देश) घले, ३० वर्षीया चीनमाया गुरुङ र ४५ वर्षीया कान्छीमाया गुरुङको पहिरामा पुरिँदा मृत्यु भएको हो। आज बिहान ११ बजे झरेको पहिरामा परी केरौंजा–४ का ४० वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • ​विद्युत् महसुल वृद्धि फिर्ता नगरे देशव्यापी आन्दोलनको चेतावनी

    काठमाडौं :  नेपाल विद्युत् प्राधिकरणले गरेको महसुल वृद्धिको निर्णयको विरोध गर्दै नेकपा माओवादीले फिर्ता लिन माग गरेको छ। पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माद्वारा जारी विज्ञप्तिमा उक्त निर्णय कार्यान्वयन भए देशव्यापी सङ्घर्षमा जाने उल्लेख गरिएको छ।   'नेपाली उपभोक्ताको टाउकोमा गिर खेल्ने सरकारको यो निर्णय तुरुन्त फिर्ता गर्न हाम्रो पार्टी सरकारलाई कडा चेतावनी दिन्छ,' महसुल वृद्धिबारे पार्टीको धारणा सार्वजनिक गर्दै विज्ञप्तिमा भनिएको…

    विस्तृतमा पढ्नुस्

  • ​जिविस कम्पाउण्‍डमा बम विस्फोट गराउने युवक चार वर्षपछि पक्राउ

    लहान : जिल्ला विकास समिति सिरहाको कम्पाउण्डमा कुकर बम विस्फोट गराएर चार वर्षदेखि फरार एक युवक पक्राउ परेका छन्।   जिल्ला प्रहरी कार्यालय सिरहाबाट गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सिरहाको हाकपरा गाविस–६ निवासी २६ वर्षीय विलक्षण यादवलाई पक्राउ गरेको हो।   तत्काल जनतान्त्रिक तराई मुक्ति मोर्चा (राजन समूह) मा आबद्ध भई २०६८ सालमा कुकर बम विस्फोट गराउने तथा हातहतियार…

    विस्तृतमा पढ्नुस्

  • मुगलिङ बाटो बन्द हुँदा इन्धन अभाव, ​कहाँ पुग्यो चीनबाट इन्धन ल्याउने कुरो?

    काठमाडौँ : आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ।   गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने र तीन स्थानमा भण्डारण केन्द्र खोल्नेलगायत सम्झौता भएको थियो।   व्यवस्थापिका– संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको आजको बैठकमा आपूर्ति मन्त्री गणेशमान…

    विस्तृतमा पढ्नुस्

  • नेपाल-भारत प्रबुद्ध समूहको बैठक, सुल्झिएला त बल्झिएका समस्या?

    नेपाल-भारत प्रबुद्ध समूहको बैठक, सुल्झिएला त बल्झिएका समस्या?

    काठमाडौँ : नेपाल–भारत सम्बन्धको समग्र पक्षको अध्ययन र पुनरावलोकनका लागि सुझाव दिन गठित दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहको पहिलो बैठक राजधानीमा सुरु भएको छ।   दुई दिनसम्म चल्ने उक्त बैठकको उद्घाटनसत्रमा आज उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले दुवै देशका जनताबीच पौराणिक कालदेखि सम्बन्ध रहेको उल्लेख गर्दै समूहको बैठकले दुवै मुलुकबीचको सम्बन्धलाई अझ बढी बलियो र दिगो बनाउन सहयोग गर्ने…

    विस्तृतमा पढ्नुस्

  • बन्द विद्युतीय शवदाह गृह बुधबारदेखि सञ्चालनमा आउने

    बन्द विद्युतीय शवदाह गृह बुधबारदेखि सञ्चालनमा आउने

    काठमाडौँ : एक हप्ताअघिदेखि बिग्रेको विद्युतीय शवदाह गृह बुधबारसम्म सञ्चालनमा आउने भएको छ।   असार १३ गते सोमबारको अविरल वर्षाले चाबहिल, गौशालाको ढल विद्युतीय शवदाह यन्त्रको पम्पमा जमेपछि यन्त्र बन्द भएको थियो। पम्पमा जमेको ढल निकाल्न आज खानेपानी तथा ढल निकास विभागबाट जेट मेसिन ल्याएर सफा गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले बताए।    …

    विस्तृतमा पढ्नुस्

  • ​कांग्रेस नेत्री सुजाता कोइराला भन्छिन्- 'यही सरकारले निरन्तरता पाउनुपर्छ'

    ​कांग्रेस नेत्री सुजाता कोइराला भन्छिन्- 'यही सरकारले निरन्तरता पाउनुपर्छ'

    काठमाडौँ : नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले अहिले कांग्रेसले सरकार गिराउनेमा भन्दा सङ्गठन निर्माणमा आफ्नो ध्यान लगाउनुपर्ने बताएकी छिन्।   रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उनले वर्तमान अवस्थामा संविधान कार्यान्वयन नै मुलुकको पहिलो आवश्यकता भएकाले यसैमा जोड दिनुपर्ने भन्दै निर्वाचनका लागि पार्टी तयार हुनुपर्ने धारणा राखिन्।   नेपालमा कुनै सरकारलाई पनि पूरा अवधिसम्म काम गर्न नदिएका कारण अस्थिरता आएको उनको…

    विस्तृतमा पढ्नुस्

  • फर्पिङ-हेटौडा बाटो खुल्यो

    हेटौँडा : मदन भण्डारी राजमार्ग अन्तर्गत पर्ने हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ पुग्ने राजमार्गको सिस्नेरी अमलडाँडमा शनिबार गएको पहिरो हटाई गए राति ११ बजेदेखि यातायात सञ्चालन भएको छ।   त्यस्तै फाखेल सडकखण्डको सुकौराडाँडामा शनिबार गएको पहिरो भने आव बिहान हटाई १०:३० बजेदेखि हेटौँडा–काठमाडौँ दुवैतर्फका यातायात सेवा पुनःसुरु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबार नै गएको पहिराबाट काठमाडौँ–हेटौँडा र हेटौँडा–काठमाडौँतर्फ आएका सुमोजिप…

    विस्तृतमा पढ्नुस्

  • ​वर्षाले टुट्यो मुस्ताङ जोड्ने सडक, पर्यटक अलपत्र

    बाबियाचौर : निरन्तरको वर्षा र पहिरोका कारण पहाडी जिल्ला म्याग्दीको यातायात सेवा ठप्प भएको छ।   वर्षासँगै सडकमा पहिरो खस्ने, हिलो जम्ने र खोलामा बाढी आएकाले सदरमुकामदेखि ग्रामीण क्षेत्रलाई जोड्ने सडकमा यातायात सेवा बन्द भएको हो। सडकमा जिप, माइक्रोबस र ट्याक्सी गुड्न छाडेपछि ग्रामीण बस्ती सदरमुकामसँग यातायात सम्पर्क विच्छेद भएका छन्।    बेनी–जोमसोम, बेनी–दरवाङ, बेनी–पाखापानीसहित सबै सडकमा सवारी आवागमन बन्द…

    विस्तृतमा पढ्नुस्

  • ​खल्तीमा १५ हजार हुनेलाई दश मिनेटमै पासपोर्ट हातमा !

    ​खल्तीमा १५ हजार हुनेलाई दश मिनेटमै पासपोर्ट हातमा !

    काठमाडौँ : मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ।   एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन्। परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ धनौरीकी चन्द्रकली बुढाथोकीले छिट्टै राहदानी प्राप्त गरिन्।   राहदानी लिन चाहने सेवाग्राहीलाई सहज रुपमा यन्त्रले पढ्ने राहदानी (एमआरपी) शीघ्र उपलब्ध गराउने सरकारी नीति…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell