ललितपुर : अवैध रुपमा हुन्डी कारोबार गर्ने चार जनालालाई नख्खु कारागार चलान गरिएको छ। उनीहरु ललितपुर उपमहानगरपालिका–४ जावलाखेलस्थित नवीन रिसालको घरबाट पक्राउ परेका हुन्। खड्गबहादुर गुरुङले सञ्चालन गर्दै आएको मगङ्ली ट्राभल्स प्रालिको दोस्रो तल्लामा हुन्डी कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा सुनसरी धरान नगरपालिका–११ घर भई लाजिम्पाट बस्दै आएका विष्णु गुरुङ, सुनसरी इटहरी…
काठमाडौँ : निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तका रुपमा डा. अयोधीप्रसाद यादवले आज पदभार ग्रहण गरेका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश सुशीला कार्कीसँगै पद तथा गोपनीयताको शपथ लिएका थिए। शपथपछि कान्तिपथस्थित आयोगको केन्द्रीय कार्यलयमा पुगी उनले पदभार सम्हाले। अर्थशास्त्रमा ‘विद्यावारिधि’ यादव आयोगको १३औँ प्रमुख निर्वाचन आयुक्त बन्न पुगेका छन्। उनले २०७२ भदौ ११ गतेदेखि कार्यवाहक प्रमुख निर्वाचन…
भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगर बजारबाट महिलाले लगाएको सुनको सिक्री लुटेर भागेका दुई भारतीय लुटेरालाई प्रहरीले महाकाली नदी क्षेत्रबाट पक्राउ गरेको छ। सुनको सिक्री लुट्ने भारतको खटिमाका १८ वर्षीय अजय शर्मा र २२ वर्षीय सल्लान अन्सारी पक्राउ परेका हुन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले महाकाली नदीबाट पक्राउ गरेको प्रहरी निरीक्षक पद्म थापाले जानकारी दिए। बजारको सब्जीमण्डीमा किनमेल गरिरहेकी एक…
काठमाडौँ : खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले सबै नेपालीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सबै साधन र स्रोतको प्रयोग गरिने बताएका छन्। व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी तीन वर्षभित्र सबै नेपालीलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताए। पाल्पा, गोरखा, जुम्ला, मुगु…
काठमाडौँ : अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानको कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माण र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन्। व्यवस्थापिका–संसद्को विनियोजन विधेयक, २०७३ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित सांसदहरुले उठाएको प्रश्नको आज जवाफ दिँदै उनले आगामी आर्थिक वर्षको बजेटले ६ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखेको भन्दै उनले बजेट आर्थिक समृद्धि र समाजवादी अर्थतन्त्रको आधार…
काठमाडौँ : ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। उनी अहिले संवाद गर्न र खानेकुरा खानसक्ने भएको अस्पतालले जनाएको छ । कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा हिँडडुल गराइने उपचारमा संलग्न डा हरिकिशोर श्रेष्ठले जानकारी दिए। केही दिनभित्र कोइरालालाई सघन उपचार कक्ष (आइसियु)बाट अन्तै सार्ने अस्पतालको तयारी छ। “उहाँको स्वास्थ्यमा धेरै सुधार आएको…
काठमाडौँ : अखिल नेपाल ट्रेड युनियन महासङ्घलगायत विभिन्न छवटा मजदुर सङ्गठनको संयुक्त अधिवेशनले सालिकराम जम्मरकट्टेलको अध्यक्षतामा ७६५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । आज अबेर सम्पन्न अधिवेशनले उपाध्यक्षमा गणेश रेग्मी, जय कार्की, धनबहादुर विक, सोनालाल साह, उषा देवकोटा, एसबी थापा, कार्साङ लामा, राजेन्द्र किराती र कुमार छन्त्याललाई चयन गरेको छ। नवनिर्वाचित उपाध्यक्ष रेग्मीका अनुसार अधिवेशनले महासचिवमा जगत सिंखडालाई निर्वाचित…
भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले राप्रपा र उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालबीच आगामी साउन १० गते भित्र पार्टी एकता भइसक्ने बताएका छन्। एकताका लागि बाँकी रहेका केही प्राविधिक कार्य सकिएलगत्तै एकता घोषणा सभाको आयोजना गरिने उनले बताए। शनिबार राप्रपा भक्तपुरले अनन्तलिङ्गेश्वर नगरपालिका, गुण्डुमा आयोजना गरेको नगर भेलामा बोल्दै उनले वर्तमान सरकारको काम जस्तोसुकै भए…
काठमाडौँ : सत्ता साझेदार प्रमुख घटक नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा मार्ग प्रशस्त गरेपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि बैठक बोलाएका थिए। तर व्यवस्थापिका–संसद्को बैठक लम्बिएका कारण बस्ने भनिएको सत्तारुढ दलको बैठक स्थगित भयो। विनियोजन विधेयकबारे छलफल लम्बिएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए। सत्तारुढ दलको…
काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । उक्त प्रस्ताव पारित गरियोस् भनी अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनसमक्ष पेस गरेका थिए। त्यसअघि सदनले विनियोजन विधेयक, २०७३ का विभिन्न दफालाई पारित गरेको थियो। यस्तै सदनले आर्थिक विधेयक, २०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि बहुमतले पारित गरेको छ। यस्तै आर्थिक विधेयक, २०७३ माथिको दफाबार छलफल भने…
भद्रपुर : झापा गोलधाप गाविसस्थित स्थानीय युवक गणेश पराजुलीले सञ्चालन गरेको प्रगति बोयर बाख्रापालन फार्ममा दक्षिण अफ्रिकाबाट रु सात लाख नौ हजार खर्च गरेर ल्याइएका दुई थान बोयर बाख्रा भेटिएका छन्। दैनिक ३०० देखि ४०० ग्राम तौल बढ्ने सो बोयर बाख्रा नेपालमा कहीँ पनि नभएकाले विदेशबाट मगाएको पराजुलीले जानकारी दिए। उनका अनुसार लगभग दुई महिना पहिले ल्याइएका ती बाख्रालाई यहाँ…
काठमाडौँ : चरा ठोक्किएको नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज मर्मतका लागि करिब एक साता लाग्ने भएको छ । त्रिभुवन विमानस्थलमा बिहान १०ः५ बजे उक्त जहाज हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रुपमा रोकिएको थियो। जहाजमा ५८ यात्रु र आठ जना चालक दलका सदस्य थिए। विमानमा सवार सबै सकुशल रहेको निगमले जनाएको छ । चरा ठोक्किएपछि…
काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बसेपनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो। व्यवस्थापिका संसद्मा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथि सांसदका प्रश्नको जवाफ दिन मन्त्रीहरु जानुपर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि काभ्रेको धुलिखेलमा जानुपर्ने कार्यक्रमका कारण बैठक स्थगन भएको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए। रासस
पोखरा : नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताएकी छिन्। प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको उद्घाटन गर्दै उनले जसको नेतृत्वमा सहमति हुन्छ उसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र नेतृत्व दिए माओवादी पछि नहट्ने बताइन्। 'संविधान कार्यान्वयन, जनताका भावनाको सम्बोधन र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सहमतिको विकल्प छैन,' उनले…
मुस्ताङ : जोमसोमको ठिनीस्थित ताङ्दुङमा रहेको कोइलाखानीबारे सरकारले अध्ययन गर्ने भएको छ। उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा खानी तथा भूगर्भ विभागका विज्ञसहितको टोलीले हालै मुस्ताङका विभिन्न स्थानमा रहेको युरेनियम, पेट्रोल र नुनखानीको अध्ययन गरेसँगै कोइलाखानीको पनि अध्ययन हुन लागेको हो। जोमसोमबाट ठिनी हुँदै ताङ्दुङ जान सकिन्छ। विश्वको सबैभन्दा उच्च स्थानमा रहेको तिलिचो ताल जाने बाटोमै पर्ने कोइलाखानीमा बाहिरबाटै कोइलाका…
काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज भेटवार्ता भएको छ। पौडेल निवास बोहोराटारमा भएको भेटका क्रममा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणल गायतका विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए। भेटमा राजदूत ओगवाले नेपालमा संविधानको कार्यान्वयनमा जापान जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए। पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण भएकाले…
सोलुखुम्बु : सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ। सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी) ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ र हिमालका आधारशिविरबाट सङ्कलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको हो। प्रत्येक वर्ष सरसफाइ अभियान नै चलाएर एसपिसिसीले सगरमाथा प्रवेशद्वार नाम्चेदेखि सगरमाथाको आधारशिविरसम्मको फोहर सङ्कलन गर्ने गरेको छ। यस वर्ष सम्पन्न भएको…
दमक : घुस लिँदै गरेको अवस्थामा एक सरकारी अधिकृत आज दिउँसो झापाको दमकबाट पक्राउ परेका छन्। सेवाग्राहीको काम गरेबापत घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय अन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले पक्राउ गरेको हो। खनालले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएका थिए। अख्तियारको क्षेत्रीय कार्यालय इटहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। …
काठमाडौँ : संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगका प्रस्तावित प्रमुख आयुक्त अयोधिप्रसाद यादवको शुक्रबार संसदीय सुनुवाइ गर्ने भएको छ। समितिका विहीबार बसेको बैठकले शुक्रबार बिहानको बैठकमा कार्यवाहक प्रमुख आयुक्त यादवलाई सुनुवाइका लागि बोलाउने निर्णय गरेको हो। कावा प्रमुख आयुक्त यादवको पुनःनियुक्तिका सम्बन्धमा सर्वोच्च अदालतमा दायर रिट निवेदनको टुङ्गो नलागी संसदीय सुनुवाइ गर्न नहुने जिकिरका दुई उजुरी परेका थिए। समितिको बैठकले…
राजविराज : विघटित संविधानसभा सदस्य मोहम्मद सदरुल मियाँ हकको हत्या आरोपमा उनकी पत्नी नुरजहाँ खातुन र छोरी रुबेदालाई जिल्ला अदालत राजविराजले जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश महेन्द्रप्रसाद पोखरेलको एकल इजलासले ५२ वर्षीया नुरजहाँ र २१ वर्षीया रुबेदालाई जन्मकैदको फैसला गरेको हो। घटनाका मुख्य आरोपी सिरहा चतरी गाविस–६ घर भई लहान नगरपालिका–५ बस्ने ४० वर्षीय अब्दुल रउफलाई समेत सर्वस्वसहित…