PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

​नेता पौडेलसँगको भेटमा जापानी राजदूतको प्रतिबद्धता- दक्ष जनशक्तिका लागि तालिम दिन्छौं



रासस

​नेता पौडेलसँगको भेटमा जापानी राजदूतको प्रतिबद्धता- दक्ष जनशक्तिका लागि तालिम दिन्छौं

काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेपालका लागि जापानी राजदूत मासासी ओगवाबीच आज भेटवार्ता भएको छ।
 
पौडेल निवास बोहोराटारमा भएको भेटका क्रममा संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणल गायतका विषयमा छलफल भएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए।
 
भेटमा राजदूत ओगवाले नेपालमा संविधानको कार्यान्वयनमा जापान जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए। पौडेलले संविधान कार्यान्वयन चुनौतीपूर्ण भएकाले आफ्नो पार्टीले संविधान कार्यान्वयनलाई मुख्य प्राथमिकतामा राखेको राजदूतलाई जानकारी गराएका थिए।
 
सो भेटक्रममा सामाजिक लोकतन्त्र अध्ययन केन्द्रमार्फत भूकम्प प्रतिरोधात्मक घरको निर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्न धादिङमा ९ सय जनालाई तालिम दिन लागिएको राजदूत ओगवाले बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell