PahiloPost

Mar 11, 2026 | २७ फागुन २०८२

यसकारण मन्त्रिपरिषद्को बैठक कार्यसूचीमा नै प्रवेश नगरी स्थगित भयो



रासस

काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठक बसेपनि कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको हो। 

व्यवस्थापिका संसद्मा विनियोजन विधेयकअन्तर्गत विभिन्न शीर्षकमाथि सांसदका प्रश्नको जवाफ दिन मन्त्रीहरु जानुपर्ने तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि काभ्रेको धुलिखेलमा जानुपर्ने कार्यक्रमका कारण बैठक स्थगन भएको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell