PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

एक लाख घुस लिँदै गर्दा अधिकृत समातिए ​



रासस

दमक : घुस लिँदै गरेको अवस्थामा एक सरकारी अधिकृत आज दिउँसो झापाको दमकबाट पक्राउ परेका छन्।
 
सेवाग्राहीको काम गरेबापत घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालय अन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले पक्राउ गरेको हो। 
 
खनालले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिएका थिए। अख्तियारको क्षेत्रीय कार्यालय इटहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। 
 
चन्द्रगढी दरबन्दी भएका उनलाई सेवाग्राहीबाट दमक१० स्थित गोर्खा डिपार्टमेन्ट स्टोर्समा घुस लिँदैगर्दा पक्राउ गरिएको अख्तियारका प्रहरी नायव उपरीक्षक रमेश बस्नेतले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell