PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

सहमतीय सरकारको नेतृत्वका लागि माओवादी पछि हट्दैन : प्रवक्ता भुसाल



रासस

सहमतीय सरकारको नेतृत्वका लागि माओवादी पछि हट्दैन : प्रवक्ता भुसाल

पोखरा : नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले सहमतीय सरकारको नेतृत्व लिन माओवादी तयार रहेको बताएकी छिन्।
 
प्रेस सेन्टर नेपाल कास्कीको एकता अधिवेशनको उद्घाटन गर्दै उनले जसको नेतृत्वमा सहमति हुन्छ उसैको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने र नेतृत्व दिए माओवादी पछि नहट्ने बताइन्। 'संविधान कार्यान्वयन, जनताका भावनाको सम्बोधन र शान्ति प्रक्रियाका बाँकी काम
पूरा गर्न सहमतिको विकल्प छैन,' उनले भनिन्, 'सहमति कायम गर्नका लागि माओवादी केन्द्रले पहल कदमी सुरु गरिसकेको छ।'

दुई ठूला पार्टीबीचको सहमति एक वर्षअघि टुटेपछि एमालेको नेतृत्वमा माओवादी लगायतका दल मिलेर सरकार बनेको स्मरण गराउँदै प्रवक्ता भुसालले बहुमतीय आधारमा बनेको सरकार प्रभावकारी हुन नसकेको विचार राखिन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell