PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

एक लाख ८५ हजार रुपैयाँसहित पक्राउ परेका चार जना हुण्डी कारोबारी जेल चलान



रासस

ललितपुर :  अवैध रुपमा हुन्डी कारोबार गर्ने चार जनालालाई नख्खु कारागार चलान गरिएको छ।
 
उनीहरु ललितपुर उपमहानगरपालिका–४ जावलाखेलस्थित नवीन रिसालको घरबाट पक्राउ परेका हुन्। खड्गबहादुर गुरुङले सञ्चालन गर्दै आएको मगङ्ली ट्राभल्स प्रालिको दोस्रो तल्लामा हुन्डी कारोबार गर्दै गरेको अवस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो।
 
पक्राउ पर्नेहरुमा सुनसरी धरान नगरपालिका–११ घर भई लाजिम्पाट बस्दै आएका विष्णु गुरुङ, सुनसरी इटहरी नगरपालिका–१ घर भई कोटेश्वर बस्ने सुरज गुरुङ, सङ्खुवासभा खाँदवारी–३ घर भई कोटेश्वर बस्ने भीमबहादुर खत्री र सङ्खुवासभा मानेभञ्ज्याङ–३ घर भई ललितपुर इमाडोल बस्ने दीपेश गुरुङ रहेका छन्।
 
पक्राउ परेको स्थानबाट रु एक लाख ८५ हजार १०५ रुपैयाँ बरामद गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए।

पक्राउ परेकामध्ये विष्णु गुरुङले प्रयोग गर्दै आएको मोबाइलमा धर्मराज गुरुङ नाम गरेको व्यक्तिले विभिन्न मिति र समयमा रु ८६ लाख ६० हजार ८०० रुपैयाँको अवैध हुन्डी कारोबार गरेको देखिएको बताइएको छ।

पक्राउ परेका व्यक्तिलाई जनही रु २३ लाख रुपैयाँ धरौटी राख्न भनिएकोमा धरौटी राख्न नसकेपछि उनीहरु आइतबार कारागार चलान भएका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell