PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

बोल्न र खान सक्ने भए शशांक, आइसियुबाट निकालिने



रासस

काठमाडौँ : ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ। उनी अहिले संवाद गर्न र खानेकुरा खानसक्ने भएको अस्पतालले जनाएको छ । 

कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा हिँडडुल गराइने उपचारमा संलग्न डा हरिकिशोर श्रेष्ठले जानकारी दिए। 

केही दिनभित्र कोइरालालाई सघन उपचार कक्ष (आइसियु)बाट अन्तै सार्ने अस्पतालको तयारी छ। 

“उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ, अब, सघन उपचार कक्षबाट निकालेर डिलक्स वार्डमा सार्छौं, अहिले बाहिर सार्दा भिजिटर धेरै हुने भएकाले आइसियुमै राखेका हौँ” – डा श्रेष्ठले भने। 

स्वास्थ्यमा एक्कासी खराबी आएपछि उपचारार्थ डा कोइरालालाई गत असार २२ गते बुधबार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बिहीबार अपराह्नदेखि आइसियुमा राखिएको थियो । रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell