PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

राप्रपा र राप्रपा नेपालबीच साउन १० भित्र एकता, सरकार परिवर्तनको विपक्षमा चन्द



रासस

भक्तपुर : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले राप्रपा र उपप्रधानमन्त्री कमल थापाको नेतृत्वमा रहेको राप्रपा नेपालबीच आगामी साउन १० गते भित्र पार्टी एकता भइसक्ने बताएका छन्। 

एकताका लागि बाँकी रहेका केही प्राविधिक कार्य सकिएलगत्तै एकता घोषणा सभाको आयोजना गरिने उनले बताए।  

शनिबार राप्रपा भक्तपुरले अनन्तलिङ्गेश्वर नगरपालिका, गुण्डुमा आयोजना गरेको नगर भेलामा बोल्दै उनले वर्तमान सरकारको काम जस्तोसुकै भए पनि तत्काल सरकार परिवर्तनको खेलमा कोही पनि लाग्न नहुने बताए। 

अध्यक्ष चन्दले भने˗ “सरकार परिवर्तनका लागि राजनीतिक चलखेल बढाउनेभन्दा पनि अहिले ठूला दल एकैठाउँमा बसेर संविधान कार्यान्वयनमा जुट्नुपर्ने बेला हो, त्यसैले सरकार ढाल्ने खेलमा लाग्नुभन्दा सबै मिलेर संविधान कार्यान्वयनमा लाग्नुपर्छ ।” 

सरकारले अहिले भूकम्पपीडितका लागि भने प्रभावकारी ढङ्गले कार्य गर्न नसकेको अध्यक्ष चन्दको भनाइ थियो । 

कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्यहरु रोशन कार्की, रामहरि थापा, रवीन्द्रप्रताप शाह, सुरेन्द्र केसीलगायतले पार्टी एकीकरणले राष्ट्रवादीहरुलाई एक ठाउँमा ल्याउने बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell