PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

सुनको सिक्री लुटेर भागेका दुई भारतीय पक्राउ



रासस

भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगर बजारबाट महिलाले लगाएको सुनको सिक्री लुटेर भागेका दुई भारतीय लुटेरालाई प्रहरीले महाकाली नदी क्षेत्रबाट पक्राउ गरेको छ।
 
सुनको सिक्री लुट्ने भारतको खटिमाका १८ वर्षीय अजय शर्मा र २२ वर्षीय सल्लान अन्सारी पक्राउ परेका हुन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालयको टोलीले महाकाली नदीबाट पक्राउ गरेको प्रहरी निरीक्षक पद्म थापाले जानकारी दिए।
 
बजारको सब्जीमण्डीमा किनमेल गरिरहेकी एक महिलाको सुन तानेर फरार भएका दुवै भारततर्फ भागिरहेका बेला प्रहरीले पिछा गरेको थियो।उनीहरुको साथबाट लुटेर लगेको सिक्री र एक थान भारतीय मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell