PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

चरा ठोकिएको निगमको जहाज मर्मत गर्न एक साता लाग्ने



रासस

चरा ठोकिएको निगमको जहाज मर्मत गर्न एक साता लाग्ने

काठमाडौँ : चरा ठोक्किएको नेपाल वायुसेवा निगमको एयरबस ३२० जहाज मर्मतका लागि करिब एक साता लाग्ने भएको छ । 

त्रिभुवन विमानस्थलमा बिहान १०ः५ बजे उक्त जहाज हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रुपमा रोकिएको थियो। जहाजमा ५८ यात्रु र आठ जना चालक दलका सदस्य थिए।

विमानमा सवार सबै सकुशल रहेको निगमले जनाएको छ । चरा ठोक्किएपछि जहाजको दायाँ इन्जिनमा समस्या आएकाले मर्मतका लागि झन्डै एक साता लाग्ने अनुमान गरिएको निगमका प्रवक्ता रामहरि शर्माले जानकारी दिए। 

जहाज ग्राउन्डेड भएपछि अन्य जहाजबाट यात्रुलाई हङकङ उडाइएको उनले बताए। निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि दुई एयर बस ए ३२०, २०० र दुई बोइङ ७५७ जहाज छन्। सोमध्ये एउटा बोइङ एउटा इन्जिन बनाउनै नमिल्ने गरी बिग्रिएपछि ग्राउन्डेड अवस्थामा छ।

निगमले तीन जहाजबाट तालिका बनाएर अन्तर्राष्ट्रिय उडान उडान भरिरहेको थियो । निगमले अहिले पाँच देशका सात गन्तव्य क्रमशः भारतको नयाँदिल्ली, मुम्बइ, बैङ्लोर, बैंकक, हङकङ, दोहा र मलेसियामा उडान भर्दै आएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell