PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

यसकारण बस्न सकेन आज हुने भनिएको सरकारबारे सत्तारुढ दलको बैठक



रासस

​काठमाडौँ : सत्ता साझेदार प्रमुख घटक नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिको सरकार गठनको विषयमा मार्ग प्रशस्त गरेपछि समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले आज साँझ ६ बजेका लागि बैठक बोलाएका थिए। 

तर व्यवस्थापिका–संसद्को बैठक लम्बिएका कारण बस्ने भनिएको सत्तारुढ दलको बैठक स्थगित भयो। 

विनियोजन विधेयकबारे छलफल लम्बिएपछि बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए। 

सत्तारुढ दलको अर्को बैठक आइतबार साँझ ६ बजे पुनः बस्ने प्रेस सल्लाहकार दाहालले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell