PahiloPost

Apr 19, 2025 | ६ बैशाख २०८२

​मेलम्ची योजना एक वर्षमा सकिने, तीन वर्षभित्र सबै नेपालीलाई स्वच्छ खानेपानी



रासस

​मेलम्ची योजना एक वर्षमा सकिने, तीन वर्षभित्र सबै नेपालीलाई स्वच्छ खानेपानी

काठमाडौँ : खानेपानी तथा सरसफाइ मन्त्री प्रेमबहादुर सिंहले सबै नेपालीलाई स्वच्छ खानेपानी सेवा उपलब्ध गराउन सबै साधन र स्रोतको प्रयोग गरिने बताएका छन्।
 
व्यवस्थापिका–संसद्को बैठकमा विनियोजन विधेयक, २०७३ अन्तर्गत छलफलमा खानेपानी तथा सरसफाइ मन्त्रालयबारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले आगामी तीन वर्षभित्र सबै नेपालीलाई स्वच्छ खानेपानी सुविधा उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताए।
 
पाल्पा, गोरखा, जुम्ला, मुगु जस्ता जिल्लामा बृहत् खानेपानी आयोजना सञ्चालनका लागि बहुवर्षीय आयोजना सुरु गरिएको जानकारी दिँदै उनले मेलम्ची खानेपानी आयोजनालाई आव २०७३/७४ मा सम्पन्न गरिने समेत बताए।
 
वाग्मती, विष्णुमती, हनुमन्ते जस्ता खोलामा ढल प्रशोधन केन्द्र निर्माण गरिने, जिल्ला सदरमुकाम तथा अन्य सहरी क्षेत्रमा सरसफाइको काम प्रभावकारी रुपमा अगाडि बढाइने र तराई–मधेसका जिल्लामा आर्सेनिकरहित खानेपानी उपलब्ध गराइने उनले जानकारी दिए।
 
‘जनताको लगानीमा खानेपानी’ भन्ने योजनालाई अगाडि बढाउन सरकारले आवश्यक साधन तथा स्रोतको परिचालन गरेको स्पष्ट पार्दै उनले एक घर एक धाराको परियोजना पनि लागू गरिने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell