PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • ​१४ महिनापछि सञ्चालनमा आयो भक्तपुर इँटा तथा टायल उद्योग

    भक्तपुर : भूकम्पले उद्योगको चिम्नी ढालेपछि बन्द रहेको भक्तपुरको इँटा तथा टायल उद्योग १४ महिनापछि सञ्चालनमा आएको छ।   रु तीन करोडको लागतमा ७४ मिटर अग्लो नयाँ चिम्नी पुनःनिर्माण पछि उद्योग पुनःसञ्चालनमा आएको हो।   गत वर्ष वैशाखमा गएको भूकम्पका कारण उद्योगको इँटा पोल्ने दुईवटा भट्टा र चिम्नी ढलेर पूर्णरुपमा क्षति हुँदा करिब रु नौ करोडको क्षति भएको उद्योगका प्रबन्ध…

    विस्तृतमा पढ्नुस्

  • ​रोकियो रिडी–तम्घास सडक

    तम्घास : अविरल वर्षाका कारण गुल्मीको रिडी–तम्घास सडकखण्ड गएरातिदेखि अवरुद्ध बनेको छ। उक्त सडकखण्डअन्तर्गत दुविचौरस्थित भँगारीमा सडकमाथिबाट पहिरो खसेपछि सडक अवरुद्ध बनेको हो।   सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बुटवल र काठमाडौँका लागि छुटेका र सदरमुकामतर्फ आउँदै गरेका सवारीसाधन र सयौँ यात्रु बाटोमै अलपत्र परेका छन्।   अवरुद्ध सडक सञ्चालन गर्न डोजर परिचालन भइरहेको हुँदा सडक सञ्चालन हुन अझै केही…

    विस्तृतमा पढ्नुस्

  • पौने ३ बजे गएको परकम्पको केन्द्र कीर्तिपुर!

    काठमाडौँ : काठमाडौँको कीर्तिपुर आसपास केन्द्रविन्दु भएर गोरखा भूकम्पको परकम्प गएको छ।   दिउँसो २ बजेर ४० मिनेट जाँदा ३.७ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।   यो गोरखा भूकम्पकै परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिए।   अघिल्लो वर्ष वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका…

    विस्तृतमा पढ्नुस्

  • गोविन्द केसीका प्रतिनिधिसँगको वार्ता फेरि असफल, आजै फेरि बस्ने तयारी

    गोविन्द केसीका प्रतिनिधिसँगको वार्ता फेरि असफल, आजै फेरि बस्ने तयारी

    काठमाडौँ : सरकार र डा गोविन्द केसी प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा बिहान ११ बजेबाट बसेको दोस्रो चरणको वार्ता विज्ञसँग छलफल गर्नुपर्ने भन्दै स्थगित भएको छ।   सरकारी वार्ता टोली संयोजक एवम् स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले केही विषयमा गाँठो फुकाउनका लागि विज्ञसँग छलफल गर्नुपर्ने भएकाले पुनः अर्को चरणमा वार्ता गर्ने सहमति भएको जानकारी दिए।   उनले भने, “केही  विषय निकै…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक विधेयकको विपक्षमा उभिने माओवादीको निर्णय

    काठमाडौँ : नेकपा (माओवादी) केन्द्रले व्यवस्थापिका–संसद्को आजको बैठकमा निर्णयार्थ पेस हुने बजेटसम्बन्धी आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने भएको छ।   पार्टी सरकारबाट बाहिरिइसकेकाले सरकारले पेस गरेका आर्थिक विधेयकको विपक्षमा मतदान गर्ने केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए। संसद् बैठक अहिले ४:३० बजे बस्दैछ।   प्रमुख दलहरुबीच लामो छलफलपछि संसद्मा आर्थिक विधेयक कि अविश्वासको प्रस्ताव कुन पहिला छलफल गर्ने भन्ने विवाद…

    विस्तृतमा पढ्नुस्

  • ​घुससहित नासु पक्राउ

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजुमा कार्यरत नासु लक्ष्मीप्रसाद पराजुलीलाई रु ३० हजार घुससहित आज पक्राउ गरेको छ। नापी कार्यालय मनमैजुमा कार्यरत अमिन कमल खत्रीले सरस्वती गाविस–९ को जग्गा हालसाविक गर्ने सिलसिलामा रु ३० हजार घुस माग गरी सो रकम मालपोत कार्यालय  मनमैजुमा कार्यरत नासु लक्ष्मीप्रसाद पराजुलीलाई उपलब्ध गराउनुपर्ने भनि सेवाग्राही सँग विभिन्न वाहनामा घुस र रिसवत…

    विस्तृतमा पढ्नुस्

  • किन अविश्वास प्रस्ताव ? प्रचण्डले संसदमा दिए कारण

    किन अविश्वास प्रस्ताव ? प्रचण्डले संसदमा दिए कारण

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस गर्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिमा असम्भव भन्ने कुरा केही नहुने भएकाले आफैँले निर्वाचित गराएका प्रधानमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव पेस गर्नुपरेको बताएका छन्।   उनले संविधान बनाउन राष्ट्रिय सहमतिको आवश्यकता बोध गरी सोह्रबुँदे सहमति भएको स्मरण गराउँदै संविधान जारीपछि ‘भद्र सहमति’का आधारमा सहमतिको सरकार बन्न नसकेको उल्लेख गर्दै…

    विस्तृतमा पढ्नुस्

  • पूर्व सभामुख सुवास नेम्वाङले पहिलो पटक संसदको रोष्ट्रममा उभिएर ओलीको बचाउ गरे

    पूर्व सभामुख सुवास नेम्वाङले पहिलो पटक संसदको रोष्ट्रममा उभिएर ओलीको बचाउ गरे

    काठमाडौँ : हाल नेकपा (एमाले) संसदीय दलका उपनेता रहेका पूर्व सभामुख सुवास नेम्वाङले पहिलो पटक संसदको रोष्ट्रममा उभिएर बोल्दै प्रधानमन्त्री केपी ओलीको बचाउ गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा प्रस्तुत अविश्वासको प्रस्तावमाथिको छलफलमा भाग लिँदै नेम्वाङले अर्काे संसदीय निर्वाचन नहुँदासम्म दलहरु सरकार परिवर्तनमा होइन संविधानको कार्यान्वयनमा लाग्ने परिकल्पना विपरीत अविश्वासको प्रस्ताव आएको बताए।  उनले भने, “संविधानले नसोचेर होइन, जानेर नै…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा रहेको गच्छदारको पार्टी कसको पक्षमा ?

    काठमाडौँ : मधेशी जनअधिकार फोरम,नेपाल(लोकतान्त्रिक)ले आज एक विज्ञप्ति जारी गरी वर्तमान सत्ता गठबन्धनको दोस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) ले प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग मिलेर संसद्मा अविश्वासको प्रस्ताव दर्ता गरी सो प्रस्ताव पारित गरेरै वर्तमान सरकारलाई अपदस्थ गर्ने अडान राखेको र सो प्रस्तावलाई संसद्मा जसरी पनि सामना गर्ने नेकपा (एमाले)को निर्णयले देशका मुख्य राजनीतिक दल द्वन्द्व र मुठभेटमा जाने खतरा…

    विस्तृतमा पढ्नुस्

  • अनसनको ११ औँ दिनमा सरकारले बनायो डा. केसीसित वार्ता गर्न टोली गठन

    काठमाडौँ : सरकारले अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा संवाद गर्न तीन जना सचिव सहभागी वार्ता टोली गठन गरेको छ ।  बुधबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको तीन सदस्यीय संवाद टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।  विभिन्न आयोगका सिफारिसलाई ध्यानमा राखेर यसअघि सरकार…

    विस्तृतमा पढ्नुस्

  • ​मनसुनी रेखाको सक्रियताले देशैभरि वर्षा

    काठमाडौँ : मनसुनी रेखा नेपालतिर भएका कारण आज देशैभर वर्षात् भएको छ।   न्यूनचापीय क्षेत्रमा मनसुनी गतिविधि केन्द्रित भएकाले त्यसको असरस्वरुप नेपालमा वर्षात् भएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए।   “मनसुनी रेखा भनेको पानी पर्नका लागि बनेको न्यूनचापीय क्षेत्रहरुको लाइन हो, यो नेपालको पूर्वी भागबाट प्रवेश गरेको छ, न्यूनचापीय क्षेत्रमा अरबियन सागर र बङ्गालको खाडीबाट आएको जलवास्पयुक्त हावाको प्रभावले मौसममा…

    विस्तृतमा पढ्नुस्

  • ​क्षेत्रमै मेसिनबाट प्रश्नपत्र जाँच्ने लोकसेवाको तयारी

    काठमाडौँ : लोकसेवा आयोगले पाँच विकास क्षेत्रमा रहेको क्षेत्रीय निर्देशनालयबाट मेसिन (अप्टिकल मार्क रिकन्नेक्सन)बाट वस्तुगत प्रश्नको परीक्षण गर्ने तयारी थालेको छ।   आयोगले यसै आवदेखि नै पाँचवटै निर्देशनालयका कार्यालयबाट मेसिनबाट वस्तुगत प्रश्न परीक्षण गरिने आयोगका सदस्य डा गोविन्दप्रसाद कुसुमले जानकारी दिए।   नतिजा प्रकाशनलाई छिटो छरितो बनाउन आयोगले केन्द्रीय कार्यालयबाट तीन वर्षअघिदेखि वस्तुगत प्रश्नको मेसिनबाट परीक्षण गर्दै आइरहेको छ। आयोगले…

    विस्तृतमा पढ्नुस्

  • ​चाँगुनारायणमा भएको बस दुर्घटनाका घाइते एक वृद्धको मृत्यु

    ​चाँगुनारायणमा भएको बस दुर्घटनाका घाइते एक वृद्धको मृत्यु

    भक्तपुर :  भक्तपुरको चाँगुनारायण नगरपालिका–९ बुढाथोकी गाउँमा भएको बस दुर्घटनामा घाइते एक जनाको आज बिहान मृत्यु भएको छ।   मध्यपुर थिमिस्थित मध्यपुर अस्पतालमा उपचारकै क्रममा चाँगु नगरपालिका निवासी ६० वर्षका पूर्णबहादुर भँडेलको मृत्यु भएको हो।   रत्नपार्कबाट यात्रु बोकेर भक्तपुर हुँदै चाँगुनारायणतर्फ जाँदै गरेको बा २ ख ६८१७ नम्बरको यात्रुवाहक बस मङ्गलबार अपराह्न ५ बजे दुर्घटना भई करिब १५० मिटर…

    विस्तृतमा पढ्नुस्

  • ​लगातारको झरीले सप्तकोसी नदी बढ्दै

    इटहरी : पूर्वी पहाडी क्षेत्रमा मङ्गलबारदेखि अविरल वर्षा जारी रहेपछि सप्तकोसी नदीमा बाढीको बहाव पनि बढ्न थालेको कोसी ब्यारेज कन्ट्रोल कक्षका प्राविधिकहरुले जानकारी दिएका छन्।   आज बिहान ७ बजेको समयमा कोसी ब्यारेजमा एक लाख ६१ हजार ४२५ क्यूसेक पानीको बहाव मापन भएको छ। कोसी नदीमा बाढीको बहाव मङ्गलबार साँझदेखि नै निरन्तर बढिरहेकाले आज बिहान ब्यारेजका २२ वटा ढोका खोलिएका…

    विस्तृतमा पढ्नुस्

  • सरकार परिवर्तन घातक, संसद विघटन गर्न भनेको थिएँ : बिजुक्छे

    भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रधानमन्त्री हुनकै लागि सरकार परिवर्तन गर्ने खेल देशकै लागि घातक हुने बताएका छन्।   आज भक्तपुर नगरपालिकास्थित लिवालीमा निर्माण हुन लागेको भक्तपुर ट्रक व्यवसायी सङ्घको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन्।   उनले भने– “आफूले प्रधानमन्त्री पाइन भनेर सरकारलाई दिएको समर्थन फिर्ता लिनु नै गलत हो, आफ्नो दल…

    विस्तृतमा पढ्नुस्

  • भोलिको संसदमा अविश्वास प्रस्तावमा भोट हाल्न माओवादी केन्द्रको ह्विप

    काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले व्यवस्थापिका–संसद्मा सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावका पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ।   आज बसेको सो पार्टीको संसदीय दलको बैठकले बिहीबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन सांसदलाई निर्देशन दिएको हो। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले आजको बैठक सरकारविरुद्ध संसद्मा प्रस्तुत भएको अविश्वासको प्रस्तावमाथि केन्द्रित भएको बताए।   बैठकले संसदमा रहेका सबै…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूली किनारमा ट्रक खस्दा तीन जना गम्भीर घाइते

    रत्ननगर (चितवन) : चितवनको कविलासमा साबुन बोकेको ट्रक त्रिशूली किनारमा खस्दा तीन जना गम्भीर घाइते भएका छन्। आज बिहान ६ः३० बजे चितवन कविलास गाविस– ६ स्थित सडकबाट ट्रक खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। साबुन बोकेर नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको लु १ ख ५८९२ नम्बरको ट्रक अनियन्त्रित भई अन्दाजी ५० फिट तल नदी किनारमा खसेको थियो। घाइतेको पहिचान हालसम्म…

    विस्तृतमा पढ्नुस्

  • नयाँ घर बनाइसके पनि घरको तस्बिरका आधारमा भूकम्पपीडितको सर्वेक्षण गरिने

    नयाँ घर बनाइसके पनि घरको तस्बिरका आधारमा भूकम्पपीडितको सर्वेक्षण गरिने

    भक्तपुर : भक्तपुरमा मङ्गलबारदेखि भूकम्पपीडितको पुनः सर्वेक्षण कार्य सुरु हुने भएको छ। भूकम्प प्रभावित आवास पुनःनिर्माणको लगत सङ्कलन कार्यक्रमअन्तर्गत सुरु हुने सर्वेक्षणमा सहभागी कर्मचारी दुईदिने तालिम दिएर लगत सङ्कलनमा खट्नेछन्। जिल्ला लगत सङ्कलन व्यवस्थानपन कार्यालय भक्तपुरका निर्देशक धु्रवरत्न बज्राचार्यले लगत सर्वेक्षणमा सहभागी हुने कर्मचारीलाई तालिमपछि मङ्गलबारदेखि सर्वेक्षणमा खटाइने बताए। पुनःनिर्माण प्राधिकरणले भूकम्पबाट प्रभावित उपत्यका बाहिरका ११ जिल्लाका भूकम्पपीडितको पुनःसर्वेक्षण कार्य…

    विस्तृतमा पढ्नुस्

  • २२ वर्षपछि समातिए आगलागी मुद्दाका अभियुक्त

    २२ वर्षपछि समातिए आगलागी मुद्दाका अभियुक्त

    गौशाला :  आगलागी मुद्दामा फरार रहेका एक अभियुक्तलाई महोत्तरी प्रहरीले २२ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा जिल्लाको पिपरा गाविस–४ बस्ने ६८ वर्षीय बदन मुखिया रहेका छन्। महोत्तरी अदालतको २०५० कात्तिक १७ गते छ महिना कैदको फैसला सुनाएको थियो। उनलाई पक्राउ गरी प्रहरीले आइतबार महोत्तरी जिल्ला अदालतमा उपस्थित गराएको छ। अदालतले उनलाई कैद भुक्तानीका लागि जलेश्वर कारागार पठाएको हो। वर्षौंदेखि फरार…

    विस्तृतमा पढ्नुस्

  • ​शान्ति समितिमा ९६२ उजुरी

    चितवन : सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले गरेको द्वन्द्वपीडित तथा प्रभावितको उजुरी आह्वानमा चितवनबाट ९६२ वटा उजुरी परेका छन् । आयोगले आइतबारसम्मका लागि उजुरी दर्ता गराउने समय तोकेको थियोे।  स्थानीय शान्ति समिति चितवनमा सत्य निरुपण तथा मेलमिलाप आयोगका ८५० र बेपत्ता पारिएका परिवारको छानबिन आयोगमा ५५ वटा उजुरी परेको स्थानीय शान्ति समिति चितवनकी कार्यालय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell