PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​घुससहित नासु पक्राउ



रासस

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजुमा कार्यरत नासु लक्ष्मीप्रसाद पराजुलीलाई रु ३० हजार घुससहित आज पक्राउ गरेको छ।

नापी कार्यालय मनमैजुमा कार्यरत अमिन कमल खत्रीले सरस्वती गाविस–९ को जग्गा हालसाविक गर्ने सिलसिलामा रु ३० हजार घुस माग गरी सो रकम मालपोत कार्यालय  मनमैजुमा कार्यरत नासु लक्ष्मीप्रसाद पराजुलीलाई उपलब्ध गराउनुपर्ने भनि सेवाग्राही सँग विभिन्न वाहनामा घुस र रिसवत माग गरिरहेको भन्ने उजुरी एवम् सूचनाको आधारमा आयोगको टोलीले घुस रकमसहित नासु पराजुलीलाई नियन्त्रणमा लिएको जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell