काठमाडौँ : लगातारको वर्षातले देशका विभिन्न भू–भागमा आएको बाढी, पहिरो र डुबानले उत्पन्न सङ्कटलाई तत्काल सम्बोधन गर्न सरकारले रु ७५ करोड निकासा गर्ने निर्णय गरेको छ। राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रमा आज बसेको केन्द्रीय दैवी प्रकोप उद्धार समितिको बैठकले घटनाबाट पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि तत्काल सो रकम सम्बन्धित जिल्लामा निकासा गर्ने निर्णय गरेको हो। बाढी, पहिरोका…
बैतडी : दार्चुलामा यार्सा व्यापारीको हत्या भएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक सुशील सिंह राठौरका अनुसार दार्चुला सिप्टी–३ होपरीका जमनसिंह महता रहेका छन्। प्रहरीले महताको शव दार्चुलाको घुषा गाविस–८ धनबोहरा भन्ने स्थानबाट ५०० मिटर तल चमेलिया नदी किनारमा फेला परेको हो। यसअघि मङ्गलबार प्रहरीले दार्चुलाको घुषा गाविस–८ धन बोहरा भन्ने स्थानमा पेस्तोल, पाँच राउन्ड गोली,…
भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले अब गठन हुने नयाँ सरकारमा पनि नेमकिपा सहभागी नहुने बताएका छन्। रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेमकिपा प्रतिपक्षमै बसेर सरकारको कामको समर्थन या विरोध गर्ने बताए। ओली नेतृत्वको सरकारले नेपाल र नेपालीको पक्षमा उभिएर काम गरेकाले आफ्नो पार्टीले समर्थन गरेको बताउँदै बिजुक्छेले भने,…
बागलुङ : पहिरोमा परी गम्भीर घाइते राजकुत–७ की सुशीला तामाङलाई उपचारको लागि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। आठ महिने गर्भवती समेत रहेकी तामाङको अहिले शिक्षण अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रशासन कार्यालय बागलुङको विशेष पहलमा हेलिकोप्टरमार्फत उनको उद्धार गरिएको हो। पहिरोका कारण उनकी ८ वर्षीया छोरी तुजी र २२ वर्षीया भतिजी डिकीको मङ्गलबार निधन भएको थियो। प्रमुख जिल्ला…
काठमाडौँ : सङ्घीय समाजवादी फोरमका नेता लालबाबु रावतले मधेसी मोर्चाको माग सम्बोधन नगरेसम्म मधेसवादी दल नयाँ सरकारमा सहभागी नहुने बताएका छन्। रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले नेपाली कांग्रेस र माओवादी केन्द्रको लिखित प्रतिबद्धता आएपछि मात्र मधेसी मोर्चाले नयाँ सरकारलाई सहयोग गर्न सक्ने बताए। मधेसी मोर्चाका लागि सरकार मुख्य कुरा नभई मधेसको मुद्दा, आन्दोलन र मधेसी जनताको पीडा…
सिटी पोखरेल - प्यूठान : अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण प्यूठानमा हालसम्म ३८ जनाको मृत्यु भएको छ। मङ्गलबार र बुधबार गरी जिल्लाका विभिन्न ठाँउमा ३८ जनाको मृत्यू भएको जिल्ला प्राशासन कार्यालयले जनाएको छ। पहिरोमा परी गएराति नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य हरिबहादुर केसीको घरमाथिबाट आएको पहिरोले पुर्दा उनको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको पहिरोमा परी उनकी…
कल्पना पौडेल - काठमाडौँ : नेपालको जेठो वीर अस्पताल १२७ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आजबाट सबै किसिमका वंशाणुगत रोगको सूक्ष्म परीक्षण गर्न अत्याधुनिक वंशाणु प्रयोगशाला (जेनेटिक ल्याब) सुरु भएको छ। अस्पतालले विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयको सहयोगमा करिब सवा दुई करोड रुपैयाँको लगानीमा ल्याब सञ्चालन गरेको हो। नेपालमै पहिलो पटक सबै किसिमका वंशाणुगत रोग र डिअक्सिराइबो न्युक्लिक एसिड…
रत्ननगर (चितवन) : सोमबारको बन्दका क्रममा ट्रकमाथि आगजनी गरेको आरोपमा पक्राउ परेका नेकपा माओवादी (विप्लव) का दुई कार्यकर्ताविरुद्ध प्रहरीले मुद्दा दर्ता गरेको छ। सोमबार बिहान रत्ननगरको निपनी चोकमा औषधि बोकेर काठमाडौँ जाँदै गरेको ना ५ ख ७४३२ नम्बरको ट्रकमा उनीहरुले आगजनी गरेका थिए। उनीहरुविरुद्ध सोमबार मुलुकी ऐन आगजनीको महलअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धानका लागि जिल्ला अदालत चितवनबाट…
प्युठान : प्युठानको विभिन्न ठाउँमा चार वटा शव फेला परेको छ। बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको छ भने कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ। खैरा झोलुङ्गे पुलमुनि एक र झिमु्रक नदीको खैरामा बुटवल पावर कम्पनीको ड्याम साइटमा समेत एक बेवारिसे शव फेला परेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह…
तम्घास (गुल्मी) : अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ। ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन्। त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर नै गोपाल रानाका ८ वर्षीय छोरा सुजन र ६ वर्षीया छोरी सिमानाको समेत…
काठमाडौँ : सङ्घीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले पार्टीबाट राजीनामा गरेका छन्। उनले पार्टीमा रहेर काम गर्न नसक्ने भन्दै आज राजीनामा दिएका हुन्। उनको राजीनामा पत्रमा पहिचानको आन्दोलनमा अहोरात्र आउनेलाई भन्दा ठूला नेताको घरमा धाउनेलाई बढी अवसर दिएको र पार्टीभित्र ‘नस्लवाद र नातावाद’ हाबी भएको उल्लेख गरिएको छ। पार्टीका नेता जिम्मेवारीमा भन्दा पनि व्यक्तिगत स्वार्थ दोहनमा लागेको…
पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएकी रोमानियाकी नागरिक एडिना मोनिका पोपेस्क्यु मृत अवस्थामा फेला परेकी छन्। उनी हराएको सूचना पाउनासाथ गत शुक्रबारदेखि घान्द्रुक प्रहरी चौकीको सक्रियतामा खोजी गरिएकोमा आइतबार बेलुका उनलाई सेओइँ र मोदी खोलाको दोभान आसपास क्षेत्रमा मृत अवस्थामा फेला पारिएको थियो। उनी अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको छुम्रुङबाट साउन १ गते स्याउली बजारलाई लक्षित गरी हिँडेको जानकारी पाइएको…
भोजपुर : लगातारको वर्षासँगै बाक्लो कुहिरो लागेपछि भोजपुरमा हवाई उडान बन्द भएको छ। हवाई मैदानमा बाक्लो कुहिरो लागेका कारण ९ दिनयता हवाई उडान हुन नसक्दा सर्वसाधारण र यात्रुहरु समस्यामा परेका छन्। खराब मौसमकै कारण गएको असार महिनामा नेपाल वायुसेवा निगमको तालिका अनुसार भोजपुर–काठमाडौं १९ उडान हुनुपर्नेमा १४ उडान मात्र भएका थिए। त्यसैगरी भोजपुर–विराटनगर १४ उडान हुनुपर्नेमा ८ उडान…
भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ। परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए। परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ, जसमा एक लाख ४७ हजार विद्यार्थी सहभागी हुँदैछन्। दुई विषयसम्म…
अङ्कारा : टर्कीका सरकारी अधिकारीले मुलुकमा केही दिन पहिले भएको असफल सैनिक विद्रोहमा संलग्नमाथि अनुसन्धान तथा कारबाही अघि बढाइरहेको बेला विभिन्न सञ्चार माध्यममा कार्यरत ४२ जना पत्रकारलाई पनि पक्राउ आदेश दिइएको टर्कीको टेलिभिजन च्यानलले जनाएको छ। विगत १३ वर्षदेखि टर्कीको सत्ता सम्हालेका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल ‘कु’ प्रयासपछि सरकारले प्रहरी, सेना शिक्षक अन्य कर्मचारी गरी…
नारायण न्यौपाने/भीष्मराज ओझा काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामापछि प्रमुख दलहरुले नयाँ सरकार गठनको गृहकार्यलाई तीव्रता दिएसँगै मुलुकले डेढ हप्ताभित्रै नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री ओलीको राजीनामा स्वीकृत भई नयाँ सरकार गठनका लागि बाधा अड्काउ फुकाउ आदेशसमेत जारी भइसकेको छ। नेपालको संविधानअनुसार राष्ट्रपतिबाट प्रारम्भमा सहमतिका आधारमा सरकार गठन गर्न सात दिनको समयसीमा तोकेर आह्वान…
प्रकाश सिलवाल - काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले सात दिनभित्र राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आह्वान गरेसँगै नयाँ गठबन्धनमा संलग्न नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) का नेताको दौडधुप सुरु भएको छ। नयाँ सरकारको गठबन्धनमा संलग्न हुने समझदारी बनाएका ती दुई दलका नेताबीच आफूले पाउने मन्त्रालय, आफ्नातर्फबाट सरकारमा नेतृत्व गर्ने व्यक्ति, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र अन्य…
चितवन : चितवन राष्ट्रिय निकुञ्जमा एक वयस्क बाघ मृत अवस्थामा भेटिएको छ। निकुञ्जको सौराहाबाट कसरा जाने बाटोको १ नम्बर र २ नम्बर पुलबीचको घोलमा शनिबार बाघ मृत अवस्थामा भेटिएको हो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार गन्ध आइसकेको अवस्थामा वयस्क बाघ भेटिएको हो। बाघलाई बेलुका निकुञ्जको मुख्य कार्यालय कसरामा परीक्षण गरेर गाडिएको उनले बताए। बूढो भएकै कारण बाघ मरेको…
मुगु : मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ। नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक विक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन्। प्रअ शाहीले विद्यालयको आर्थिक हिनामिना गरेको भन्दै मुर्माका स्थानीयवासी तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको खाता अर्का शिक्षकमार्फत चल्ने गरी व्यवस्था गरिदिन जिशिअ हमालसमक्ष लिखित निवेदन दिएका थिए। जिशिअ हमालले हिजो मात्रै उक्त…
बेनी : म्याग्दीको भकिम्ली–९ तोराखेतमा बुधबार बिहानदेखि खस्न सुरु भएको पहिरो ४८ घन्टा बितिसक्दा पनि रोकिएको छैन। पहिरोले तोराखेतमा एक घर र दुई गोठ बगाएको छ भने सयौँ रोपनी जग्गा पुरिसकेको छ। स्थानीय जग्गाविहीन बनेका छन्। गाउँ माथिबाट आएको पहिरोले धनबहादुर दर्जीका घर र गोठ बगाएको हो। विगत पाँच वर्षदेखि खस्न सुरु गरेको सो पहिरोले स्थानीय धनबहादुर दर्जी,…