PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मदिरा सेवन गरेका प्रधानाध्यापकद्वारा जिशिअमाथि हातपात



रासस

मुगु :  मुगुका जिल्ला शिक्षा अधिकारी जवारहलाल हमालमाथि गएराति हातपात भएको छ।
 
नेपाल राष्ट्रिय मावि मुर्माका प्रधानाध्यापक विक्रमबहादुर शाहीले जिशिअ हमालमाथि निवासमै गई हातपात गरेका हुन्।
 
प्रअ शाहीले विद्यालयको आर्थिक हिनामिना गरेको भन्दै मुर्माका स्थानीयवासी तथा विद्यालय व्यवस्थापन समितिले विद्यालयको खाता अर्का शिक्षकमार्फत चल्ने गरी व्यवस्था गरिदिन जिशिअ हमालसमक्ष लिखित निवेदन दिएका थिए। जिशिअ हमालले हिजो मात्रै उक्त विद्यालयको खाता अर्का शिक्षकमार्फत चल्ने बनाएका थिए।
 
प्रअ आफू भएर पनि खाता अर्कै शिक्षकको नामबाट चल्ने भएपछि आवेगमा आएका शाहीले मदिरा सेवन गरी छ/सात जनाको समूह लिएर जिशिअमाथि हातपात गरेका थिए। हातपातका क्रममा जिशिअ हमालको ल्यापटप, घरका ढोका समेत तोडफोड गरिएको छ।
 
घटनालगतै प्रहरीले शाहीलाई गमगढीस्थित आफ्नै घरबाट गएराति नै पक्राउ गरेको छ ।
 
शाहीले विद्यालयका शिक्षकको तलब, खाजा, मसलन्द र निमार्णका रकम अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। शाहीले गत वर्ष राष्ट्रिय वाणिज्य बैंक मुगुका कर्मचारीको मिलोमतोमा बैंकमा रहेका अर्कै व्यक्तिको खाताबाट रकम झिकेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell