PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​सङ्घीय समाजवादी फोरमलाई आङकाजीले गरे बाइबाइ



रासस

काठमाडौँ : सङ्घीय समाजवादी फोरम नेपालका नेता आङ्काजी शेर्पाले पार्टीबाट राजीनामा गरेका छन्।
 
उनले पार्टीमा रहेर काम गर्न नसक्ने भन्दै आज राजीनामा दिएका हुन्। उनको राजीनामा पत्रमा पहिचानको आन्दोलनमा अहोरात्र आउनेलाई भन्दा ठूला नेताको घरमा धाउनेलाई बढी अवसर दिएको र पार्टीभित्र ‘नस्लवाद र नातावाद’ हाबी भएको उल्लेख गरिएको छ।
 
पार्टीका नेता जिम्मेवारीमा भन्दा पनि व्यक्तिगत स्वार्थ दोहनमा लागेको उनको दाबी छ। उक्त राजीनामा पत्रमा पार्टीको क्रियाशील सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख छ। यसैगरी उनले पहिचानको आन्दोलनमा भने अभियन्ताका रुपमा क्रियाशील रहने बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell