PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​एसएलसीको पूरक परीक्षा साउन १४ देखि, डी र इ ग्रेड ल्याउने परीक्षार्थी सहभागी हुँदै



रासस

​एसएलसीको पूरक परीक्षा साउन १४ देखि, डी र इ ग्रेड ल्याउने परीक्षार्थी सहभागी हुँदै

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले साउन १४ गतेबाट सुरु हुने एसएलसी पूरक अर्थात् ग्रेड वृद्धि परीक्षाको तयारी पूरा गरेको छ। 
 
परीक्षाका लागि आवश्यक प्रश्नपत्र, उत्तरपुस्तिका र अन्य सामग्री जिल्लाहरुमा पठाइसकिएको कार्यालयका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले जानकारी दिए।
 
परीक्षाका लागि कार्यालयले ७५ वटै जिल्लामा १९२ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ, जसमा एक लाख ४७ हजार विद्यार्थी सहभागी हुँदैछन्।
  
दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याएर पूरक परीक्षा दिन पाउने विद्यार्थीको सङ्ख्या नियमिततर्फ एक लाख ८ हजार ३२६ र एक्जाम्टेडतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना रहेको परीक्षा नियन्त्रक काप्रीले जानकारी दिए। 
 
एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डी’ र ‘इ’ ग्रेड ल्याउने परीक्षार्थीले पूरक अर्थात् ग्रेड वृद्धि परीक्षा दिन पाउने कार्यालयले व्यवस्था गरेको छ। 
 
परीक्षा साउन १४ देखि २१ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell