PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

मौसम खराबीका कारण भोजपुरमा ९ दिनदेखि उडान अवरुद्ध



रासस

भोजपुर : लगातारको वर्षासँगै बाक्लो कुहिरो लागेपछि भोजपुरमा हवाई उडान बन्द भएको छ।
 
हवाई मैदानमा बाक्लो कुहिरो लागेका कारण ९ दिनयता हवाई उडान हुन नसक्दा सर्वसाधारण र यात्रुहरु समस्यामा परेका छन्।
 
खराब मौसमकै कारण गएको असार महिनामा नेपाल वायुसेवा निगमको तालिका अनुसार भोजपुर–काठमाडौं १९ उडान हुनुपर्नेमा १४ उडान मात्र भएका थिए। त्यसैगरी भोजपुर–विराटनगर १४ उडान हुनुपर्नेमा ८ उडान मात्र भएको भोजपुर विमानस्थलका वरिष्ठ अधिकृत विशाल वरुणले जानकारी दिए।
 
असारमा सामान्य उडान भए पनि साउनयता कुनै उडान हुन सकेको छैन।
  
उडान रद्द भएसँगै जिल्ला अस्पताल भोजपुरले उपचारका लागि काठमाडौँ पठाएका बिरामी सदरमुकाममै रोकिएका छन्। भोजपुरमा नेपाल वायुसेवा निगम र तारा एयरले उडान भर्दै आएकामा तारा एयरको उडान भने डेढ महिनायता बन्द नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell