PahiloPost

Jul 3, 2026 | १९ असार २०८३

मोदी खोला दोभानमा विदेशी पर्यटक मृत फेला



रासस

पोखरा :  अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा गएकी रोमानियाकी नागरिक एडिना मोनिका पोपेस्क्यु मृत अवस्थामा फेला परेकी छन्।
 
उनी हराएको सूचना पाउनासाथ गत शुक्रबारदेखि घान्द्रुक प्रहरी चौकीको सक्रियतामा खोजी गरिएकोमा आइतबार बेलुका उनलाई सेओइँ र मोदी खोलाको दोभान आसपास क्षेत्रमा मृत अवस्थामा फेला पारिएको थियो।

उनी अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको छुम्रुङबाट साउन १ गते स्याउली बजारलाई लक्षित गरी हिँडेको जानकारी पाइएको अन्नपूर्ण संरक्षण आयोजना इलाका संरक्षण कार्यालय घान्द्रुकका प्रमुख विदुरविक्रम कुइँकेलले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell